Headlines News :
Home » » कम्लहरी मुक्त घोषणा गरेको तीन बर्ष बितिसक्दा पनि दाङका धेरै कम्लहरी शिक्षककै घरमा !

कम्लहरी मुक्त घोषणा गरेको तीन बर्ष बितिसक्दा पनि दाङका धेरै कम्लहरी शिक्षककै घरमा !

Written By Unknown on Monday, June 27, 2016 | 10:17 PM


गिरिराज नेपाली/असार १४, घोराही । नेपाल सरकारले कमैया कम्लहरी मुक्त घोषणा गरेको ठिक तीन वर्ष पुरा भएको छ ।

तर सरकारी घोषणा अनुसार दाङमा कम्लहरी मुक्ति अभियानले सार्थकता पाउन सकेको छैन । कारण लुकिछिपी कमैया कम्लहरी राख्नेहरु अझै समाजमा छन् । त्यसमा पनि गन्यमान्य व्यक्तिदेखि समाजलाई ज्ञानगुनका कुरा सिकाउने शिक्षकहरु पनि कमैया राखिरहेका छन् । शिक्षित र ठूला ठाली भनाउ“दाहरुले नै घरमा लुकुछिपी कमैया कम्हलहरी राख्ने गरेकोले यस्तो समस्या उत्पन्न भएको जानकारहरु बताउ“छन् ।

मुक्त कम्लरी विकास मञ्चले तेस्रो कमलरी दिवसका अवसरमा सार्वजानिक गरेको तथ्याङ्क अनुसार दाङमा अझै २८ जना बालिकाहरुले कमलहरी जीवन बिताउ“दै आएका छन् । अझै पनि दाङमा कमलहरी राख्नेहरु शिक्षक, डाक्टर र व्यापारीहरु छन् । मुक्त कम्लहरी विकास मञ्चले जिल्लामा अधिकांश शिक्षक र व्यापारीहरुका कारण कम्लहरी मुक्ति अभियानले सार्थकता पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । लुकाई छिपाई वा पढाई दिन्छु भनि शिक्षक र व्यापारीहरुले कमलरी राख्ने गरेको पाइएको मञ्चकी अध्यक्ष सुनिता चौधरीले बताइन ।

कम्लहरी राख्नेहरुमा दाङका मानपुर–४ का स्थायी ठेगाना भएका शिक्षक शरद पौडेल, मानपुर–२ का ठाकुर शर्मा, नाम नखुलेका एक शिक्षक तुलसीपुर टिक्रापातुका स्थायी ठेगाना भएका एक शिक्षक र लक्ष्मीपुर–७ हाल घोराही–११ भरतपुरका भुवन पौडेलले लुकाई छिपाई कम्लहरी राखेको मञ्चले दिवसका अवसरमा सार्वजानिक गरिएको हो ।

त्यस्तै व्यापारीहरु शेषकान्त कँडेर र प्रकाश आचार्यको घरमा थारु बालबालिका कम्लहरी राखिएको जानकारी दिइएको हो । जिल्ला वाहिरका एकजना डाक्टर, सरकारी कर्मचारी, ईन्डियन, आर्मी र गुठी कर्मचारीले समेत कम्लहरी राखेको कार्यक्रममा जानकारी दिइएको हो ।
शिक्षकदेखि व्यापारीहरुले भरणपोषण, पढाउने लगाएका सर्तमा कम्लरी चिनजानको भरमा सानै उमेरका बालिकाहरु कम्लहरीको रुपमा राख्दै आएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यसले गर्दा बालवालिका जोखिममा परेको बताइएको छ ।

प्रस्तुत तथ्याङ्क अनुसार अधिकांश कम्लहरी १५ वर्ष मुनिका रहेको देखाइएको छ । तेस्रो कमलरी मुक्ति दिवस अवसरमा सार्वजनिक गरीको तथ्याङ्कले जिल्लामा २८ जना १९ वर्ष मुनिका, १४ जना १५ वर्ष मुनिका कम्लहरी रहेको जानकारी दिइएको थियो । मञ्चकी अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले मञ्चले सार्वजनिक गरेको २८ जना कम्लहरीहरुको विशेष खोजनीति गरेर कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन ।

गाउ“मा लुकाई छिपाई राखेका ती कम्लरीहरुको उद्धार गरी उनीहरु कम्लरी जीवनबाट मुक्त गराउने राज्यको दायित्व रहने उनले बताए । उनले कम्लरीहरु उद्धार मात्रै होईन राज्यले उनीहरुको प्राथामिक आवश्यकतालाई ख्यालमा राख्नुपर्ने बताए । ‘कम्लहरीहरुलाई लक्षित गरेर सरकार तथा गैरसरकारी संघसंस्थाहरु छन, तर उनीहरुको स्वरोजगार, आर्थिक सक्षमतामा लगानी लगाउन सकिरहेका छैनन्’ प्रमुख जिल्ला अधिकारी काफ्लेले भने ‘सीप सिक्नेहरुलाई सीपको व्यवस्था, पढ्नेहरुलाई शिक्षाको, व्यवसाय गर्नेहरुलाई व्यापारको व्यवस्था गर्न सकेमा मात्रै कम्लहरीहरुको सामाजिक जीवन परिवर्तन गर्न सकिन्छ ।’

उच्च शिक्षाका लागि सरकारले छात्रवृत्तिको व्यवस्था गरेपनि माष्टर तह पढ्नका लागि राज्यले केही प्रयास समेत गर्न नसकेको अवस्था रहेको उनले बताए । दाङका दुई कम्लरीहरु माष्टर तहको पढाई पढ्ी रहेका छन । तर त्यसको व्यवस्था छिट्टै राज्यले गर्नु पर्नेमा उनले जोड दिए ।

थारु पत्रकार संघका अध्यक्ष एवं कम्लरी अभियान्ता सन्तोष थारु ‘दहितले’ मुक्त घोषणा मात्रै भएको बताए । मुक्त कम्लहरी घोषणा गर्न कम्लहरीहरुसंग राज्यले सहमती गरेको १० वु“दे सहमती अझै कार्यान्वयन नगर्दा मुक्त कमैया कम्लहरीहरुले अझै न्याय पाउन नसकेको बताए ।

उनले भने ‘नेपाल कम्लहरी मुक्त राष्ट्र घोषणा कागजमा मात्रै भयो, तर राज्यको व्यवहारमा भएको छैन ।’ कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका देवमणि चौधरी, नेकपा माओवादीकी सह–सचिव पुनम शेरपाईली, थारु कल्याणकारी तेजमान, थारुहटका सन्तोष थारु, आरेक नेपालकी पदमा चौधरी, नाईफ नेपालकी ज्ञानु थापा, जिल्ला भूमि अधिकार मञ्चकी अध्यक्ष निर्मला विक, मुक्त कमैया समाजकी सन्तोषी चौधरी र अमिता चौधरीलगायतले विचार व्यक्त गरेका थिए ।

मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण सल्लाहकार उर्मिला चौधरीले गरेकी थिईन । -rsamacharबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger