|
|
बरगद्दी निवासी श्यामवहादुर रोकाले आफ्नै घरमा जुवा खेलाउँदै आएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ८ प्याकेट तास, नगद एक लाख ७१ हजार तीन सय ५५ रुपैयासहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश शर्माले जानकारी दिए ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरगत आइतवार मुद्दा दर्ता गरि कारवाही सुरु गरिएको प्रहरीले बताएको छ।
जुवा खेल्दै गर्दा पक्राउ पर्नेमा घोराही–११ का घनश्याम वली, चन्द्र बुढा र टोपबहादुर केसी, घोराही–६ का जित नारायण पुन, रामवहादुर पुन र बेदराज पोख्रेल, डुरुवा–४ का हेमराज योगी र रामवहादुर चौधरी, लक्ष्मीपुर–६ का श्यामवहादुर रोका, रोल्पा झेनाम–३ का अम्मर घर्ती र रोल्पा झेनाम–१ का भिमबहादुर थापा रहेको शर्माले जानकारी दिए । स्रोत: सेतोपाटी अनलाइन
Post a Comment