Headlines News :
Home » » दाङमा यातायात व्यवसायहरुको दोहरी कहिले सम्म ?

दाङमा यातायात व्यवसायहरुको दोहरी कहिले सम्म ?

Written By Unknown on Tuesday, June 7, 2016 | 9:19 PM


मालिका कालिका बन्द भयो भन्ने प्रचारबाजी गलत हो: पोख्रेल, कसको कुरा सही हो, पत्याउनै गाह्रो
सन्तोषकुमार गुप्ता/जेठ २६, दाङ । मालिका–कालिका यातायात प्रालिले यातायात क्षेत्रमा सिन्डिकेट चाहनेहरुका कारण आफ्ना ब्यवसायीले दुःख पाएको उल्लेख गरेको छ । प्रालिका अध्यक्ष सुमन पोख्रेलले मंगलवार एक बिज्ञप्ति प्रकाशित गरी सिन्डिकेट चाहने यातायात समितिको आर्थिक प्रलोभनमा परेर यातायात व्यवस्था बिभागले प्रालिलाई दुःख उल्लेख गरेका छन् ।



सिन्डिकेटका पक्षधर यातायात समितिको प्रभावमा परी बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठको पहलमा प्रालि सम्बन्धी नियम २१ दिनमा तीन पटक संशोधन गरेर आफूहरुको ब्यवसाय धरापमा पार्ने काम गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा मालपोत कार्यालय बाट करारनामा गर्नुपर्ने महानिर्देशक श्रेष्ठको परिपत्रका कारण प्रालिका बसका कागजपत्र बन्न ढिला भएको उल्लेख छ ।

 बिभागको परिपत्र अनुसार करारनामा गर्न मालपोत कार्यालय गएको र मालपोतले बसको करारनामा गर्ने अधिकार नभएको भन्दै फर्काएकाले यातायात बिभागको परिपत्र गैरकानुनी भएको विज्ञप्तिमा दावी गरिएको छ ।

  यसैवीच प्रालिले राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका जिम्मेवार व्यक्तिले मालिका कालिका यातायात प्रालिको सेवा बन्द भएको भन्दै सामाजिक सञ्जालमा मार्फत गलत प्रचार गरेकोमा आपत्ति जनाएको छ ।

विज्ञप्तिमा यसअघि कानुनी प्रक्रिया पुरा भइसकेका गाडि निरन्तर सञ्चालन भइरहेको र बाँकी गाडीको पनि कागजी प्रकृया पुरा गर्न आफूहरु लागिरहेको भन्दै प्रालिका गाडी बन्द भनि फैलाइएको भ्रममा नपर्न आग्रह गरिएको छ । विज्ञप्तिमा असार १४ गतेदेखि दाङका स्थानीय रूट, बिराटनगर, विरगञ्ज, पोखरा नेपालगन्ज लगाएतका ठाउँमा ३३ सिट क्षमता भएका डिलक्स बस सञ्चालन गर्ने उल्लेख छ । साझासबाल अनलाइनबाट



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger