Headlines News :
Home » » तुलसीपुर जिप तथा माईक्रो मिनिवस व्यवसायी समितिका पदाधिकारीलाई ज्यान मार्ने धम्की

तुलसीपुर जिप तथा माईक्रो मिनिवस व्यवसायी समितिका पदाधिकारीलाई ज्यान मार्ने धम्की

Written By Unknown on Tuesday, June 7, 2016 | 9:10 PM


सन्तोषकुमार गुप्ता/जेठ २६, दाङ । तुलसीपुर जिप तथा माईक्रो मिनिवस व्यवसायी समितिका पदाधिकारीहरुले आफूलाई ज्यानमार्ने धम्की आएको बताएका छन् ।



समितिका अध्यक्ष पवनराज बुढाथोकी र कोषाध्यक्ष ललितबहादुर घर्तीले आफुहरुलाई अज्ञात व्यक्तिवाट फोन मार्फत ज्यानमार्ने धम्कि आएको जाहेरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा मंगरवार साँझ नै दर्ता गराएका छन् ।

समितिका कोषाध्यक्ष घर्तीले ९८२२८९९६३४ नम्वरवाट आफू र अध्यक्ष बुढाथोकीलाई ज्यानमार्ने धम्कि आएपछि सुरक्षाको मागगर्दै ईप्रकामा निवेदन पेश गरेको जानकारी दिए । कोषाध्यक्ष घर्तीेले भने, समितिको गाडी तैले छोडिस भने तेरो हातखुट्टा काटछु, त बाँच्दै बाँच्दैनस भन्ने धम्की चार पटक आएपछि सुरक्षाको माग गर्दै प्रहरीमा पुगेका हौं ।’ फोनमा धम्की दिने उक्त व्यक्तिले आफनो नाम र ठेगाना उल्लेख नगरे पनि गाडी सञ्चालन गरे सोझै ज्यान मार्ने धम्की दिएको घर्तीले बताए ।

उनले थपे, नयाँ गाडी चलाउने सपना छोड, बाँच्नु छ भने तेरो परिवारलाई सम्झेर बस अन्यथा अकालमा मर्छस ।’ तुलसीपुर जीप तथा माईक्रो मिनिवस व्यवसायी समितिले जेठ ११ गते मात्रै चारवटा नयाँ डिलक्स वसहरु भित्र्याएको थियो ।

उसले मंगलवार देखि नै सेवा सुरु गर्ने बताएपनि त्यो संभव नभएकोले बुधवार देखि सेवा सञ्चालनको तयारी गरिरहेको छ । समितिका कोषाध्यक्ष घर्तीले समिति(समिति विचको लडाई र सिन्डिकेटका कारण आफुहरुलाई धम्कि आएको हुन सक्ने आशंका व्यक्त गरे । साझासबालबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger