Headlines News :
Home » » दाङमा ट्रिप्परको ठक्करवाट मोटरसाईकल चालक घाईते

दाङमा ट्रिप्परको ठक्करवाट मोटरसाईकल चालक घाईते

Written By Unknown on Sunday, June 5, 2016 | 9:30 PM


तुलसीपुर, २४-जेठ ।  ट्रिप्परको ठक्करवाट एकजना मोटरसाईकल चालक घाईते भएका छन् ।



उक्त दुर्घटनामापरि तुलसीपुर नगरपालिका वडा नं. १४ निवासी ३१ वर्षीय जुद्धबहादुर गिरी घाईते भएको राप्ती अञ्चल अस्पतामलबाट प्रहरी जवान निराकर श्रेष्ठले जानकारी दिए ।

घटना सोमवार विहान ७ बजे तिरको हो । घाईते गिरीलाई दाहिने खुट्टामा गहिरो चोट लागेको छ । हाल उनको अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुर–घोराही सडक खण्डको विजौरी ५ विजौरीमा रा १ प ६९७६ नम्वरको मोटरसाईकललाई रा १ प १८४ नम्वरको ट्रिप्परले ठक्कर दिँदा गिरी घाईते भएका हुन ।

तुलसीपुर तर्फ आउँदै गरेको मोटरसाईकललाई विपरित दिशातर्फ जाँदै गरेको ट्रिप्परले ठक्कर दिएको हो । ठक्कर दिने ट्रिप्पर त्यसको चालक र मोटरसाईकल प्रहरी चौकी विजौरीले नियन्त्रणमा लिइसकेको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger