Headlines News :
Home » » रोल्पाका चर्चित नेता कृष्ण बहादुर महरा अख्तियारको छानबिनमा परेपछि दुनियाँलाई अचम्मित बनाउने सम्पत्ती विवरण सार्वजनिक

रोल्पाका चर्चित नेता कृष्ण बहादुर महरा अख्तियारको छानबिनमा परेपछि दुनियाँलाई अचम्मित बनाउने सम्पत्ती विवरण सार्वजनिक

Written By Unknown on Sunday, June 5, 2016 | 9:23 PM


रोल्पा । यहाँको एक स्थानीय पत्रिकामार्फत एमाओवादी महासचिव कृष्णबहादुर महराको सनसनीपूर्ण अन्तर्वार्ता सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा अकुत सम्पत्ती कमाएको अभियोगमा पत्र काटिएका उनले आफूले अख्तियारलाई सम्पूर्ण सम्पत्तीको विवरण बुझाइसकेको भन्दै केहि विवरण पत्रिकामार्फत समेत खुलाएका छन् ।


रोल्पा समाचार साप्ताहिकलाई माघ २४ गते दिएको उक्त अन्तरवार्तामा उनले आफूसँग दाङ र रोल्पामा घरघडेरी भएको र लाखौं आम्दानी गरेको बताएका छन् । उनले आफ्नो सम्पत्तीको फेरिहस्त पत्रिकाबाट समेत सार्वजनिक गरेपछि कतिपयले आश्चर्य ब्यक्त गरेका छन् । उनीहरुले सर्वहाराको मुक्तिको लागि हिँडेका क्रान्तिकारी नेताको यतिधेरै सम्पत्ती कसरी भयो भन्दै आश्चर्य व्यक्त गरेका हुन् ।यसो त उनको सम्पत्ती राजनीतिमा आएपछि बढेको देखिएको छ ।

उनीआफैंले पत्रिकालाई १२ वर्ष शिक्षण पेशा गर्दा १ लाख १२ हजार कमाएको र १० वर्ष राजनीति गर्दा ९७ लाख कमाएको बताएका छन् । अन्तरवार्तामा उनले भनेका छन्, ‘ मैले बाल कल्याण उमाविमा १२ वर्षसम्म अध्यापन गराएको थिए । १२ वर्ष पढाएको १ लाख १२ हजार तलब बुझेको रहेछु । २०४८ सालदेखि ५३ सालसम्म पनि सांसद बनेको थिए । फेरी २०६३ सालदेखि हालसम्म कुनै न कुनै पद तथा जिम्मेवारीमै छु । मैले आफैलाई पनि धेरै बुझेको छु होला भन्ने लागेको थियो तर पनि जम्मा ९७ लाख मात्रै बुझेको रहेछु ।’

उनले आफ्नो रोल्पाको लिवाङमा हालपनि पुख्र्यौली सम्पत्ति रहेको र त्यसलाई हाल पार्टीले प्रयोग गरिहको भन्दै भएको केहि जग्गा भने प्राबिधिक शिक्षाका लागि निशुल्क दान दिएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ हाम्रो खेत थियो, त्यही खेत बेचेका थियौं । दुइभाई छोराहरू एटम र राहुल दुवै जनमुक्ति सेनामा कार्यरत थिए । अवकाशमा आउँदा बेलामा ५–६ लाख लिएर आएका थिए । सबै गरी ३० लाख भयो । दाङको गैरा गाउँमा घर पनि छ । हामी सबै परिवाहरू त्यही नै बस्दछौँ ।’

यस्तै उनले एमाओवादी शान्तिप्रक्रियामा आएसँगै जनमुक्ति सेनाको शिविर व्यवस्थापन गर्न रकम निकासा भएको र त्यो सोहि प्रयोजनमा खर्च गरिएको पनि बताएका छन् । ‘सबै पार्टीका नेताहरूले शिविर व्यवस्थापनका लागि २०६३ साल मंसिरदेखि चैत्रसम्म करिव ५ महिनासम्ममा ३१ हजार जनमुक्ति सेनाको व्यवस्थापनका लागि ४६ करोड रुपैया बुझेको थिए ।

त्यो पनि तत्कालीन सरकारको अनुरोधमा बुझेको थिए । त्यो महालेखा परीक्षक सबैले हिसाव हेरीसकेको अवस्था हो । एउटै व्यक्तिको नाममा ४६ करोड रुपैया निकास किन गरियो भन्ने मात्रै हो । अन्य केही पनि होइन ’ उनले भनेका छन् । पत्र काटिएसँगै आफू अख्तियारको सम्मान गर्दै त्यहाँ हाजिर भएको भन्दै उनले सत्य विवरण बुझाएको अन्तरवार्तामा उल्लेख गरेका छन् ।

बाबुरामको भूल
यसैबीच महराले बाबुराम भट्टराईले पार्टी छाडेर ठूलो भुल गरेको समेत दाबी गरेका छन् । उनले भनेका छन्, ‘ उहाँले बर्जुवा र पुजीपति वर्गहरूको सहकार्यमा नव उदारवाद सिद्धान्त अख्तियार गर्दै कम्युनिष्ट विचार, सिद्धान्त, आचरण सबै छोड्भएको छ । यसलाई हामीले उहाँले ठूलो भूल गर्नुभएको छ भन्ने निष्कर्षमा पुगेको छौँ ।’

यद्यपी बाबुरामको पार्टी परित्यागलाई अनौठो मान्नुपर्ने अवस्था नरहेको भन्दै उनले अन्तिममा संविधानप्रति विमति जनाएपनि संविधान निर्माण प्रक्रियामा भने सक्रियता देखाएको बताए ।

उनले कम्युनिट पार्टीमा नेपाली कम्युनिष्ट आन्दोलनले बेलैमा समीक्षा हुनुपर्ने भन्दै अगाडि भनेका छन्, ‘ वर्तमानको विभाजन राम्रो होइन । यसमा हामीले तिव्र बहस र विचार निर्माणलाई अगाडि बढाउनुपर्दछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger