Headlines News :
Home » » दाङमा यस कारण घट्दैछ आत्म हत्या गर्नेको संख्या

दाङमा यस कारण घट्दैछ आत्म हत्या गर्नेको संख्या

Written By Unknown on Tuesday, June 14, 2016 | 8:47 PM


बसन्त परियार/असार १, दाङ  । चालु आर्थिक वर्षमा जिल्लामा १ सय २३ जनाले आत्महत्या गरेका छन ।



जुन अघिल्लो बर्ष भन्दा कम छ । जस्मा सबैभन्दा बढि झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालु आर्थिक वर्ष २०७२/०७३ को जेठ महिना सम्मको अवधिमा झुण्डीएर ७७ जनाले आत्महत्या गरेको प्रहरी प्रवक्ता प्रकाश राज शर्माले बताए ।

त्यसैगरी विष सेवन गरेर ४६ जनाले आत्महत्या गरेका छन । उनका अनुसार गतवर्षको तुलनामा जिल्लामा यो वर्ष आत्म हत्या गर्नेकोे संख्यामा कमि आएको छ । वितेको वर्ष ०७१।०७२ मा जम्मा १ सय ७१ जनाले आत्महत्या गरेका थिए । जस्मा सवै भन्दा बढि झुण्डीएर १ सय ३ जनाले आत्महत्या गरेका थिए ।

त्यसैगरी विष सेवन गरी ६७ जना र शरीरमा आगो लगाएर १ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्ने मध्ये सवैभन्दा बढि गरीविको कारण भएको प्रबक्ता शर्माको भनाई छ । त्यसैगरी मानसिक रोगि हुनु, प्रेम असफल हुनु लगायतका कारणले आत्महत्या गरेको पाईएको छ ।

जिल्लामा जन चेतनामा बृद्धि र आत्म ज्ञान बढेर आत्महत्याको संख्यामा कमि आउन लागेको छ । यसैविच जिल्लामा हुने आत्महत्या लाई शुन्यमा झार्न सवैको खाचो रहेको शर्माले बताए । सवैतिर चेतना र आत्मबल , ज्ञान बाड्न सके आत्महत्या रोक्न सकिने उनको बुझाई छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger