Headlines News :
Home » » 'रोल्पा विकास सम्मेलन' हल्लामै सिमित किन ?

'रोल्पा विकास सम्मेलन' हल्लामै सिमित किन ?

Written By Unknown on Tuesday, June 14, 2016 | 8:56 PM


माधवकुमार ओली/ असार १, रोल्पा । रोल्पा जिल्लाको समग्र विकासको ठोस योजना बनाउने भन्दै बृहत विकास सम्मेलन गर्ने भनिएको भएता पनि त्यो हल्लामै सिमित  भएको छ ।





विकास सम्मेलन पछि जिल्लाको विकासमा केहि परिवर्तन हुन्छ कि भन्ने सोचेका जनताहरु अहिले हावादारी भन्दै आजित बनेका छन् । करिब ५ महिना अघि नागरिक समाज रोल्पाका संयोजक घनश्याम आचार्यको संयोजकत्वमा सम्मेलन समिति गठन गरिएको भएता पनि हाल उक्त समिति नै बेखबर बनेको छ ।

जिल्लाको विकास निर्माणलाई गति दिने उद्देश्यले गत फागुनमा बृहत विकास सम्मेलन गर्ने तयारी भएको थियो । सम्मेलनमा सरकारका अधिकांश मन्त्री, साम्सद, दातृ निकायका प्रतिनिधिहरुको सहभागि गराई रोल्पा जिल्लाको बास्तविक लगानी क्षेत्रको पहिचान गरि धेरै भन्दा धेरै सहयोग जुटाउन पहल गरिने अक्ष्य राखिएको थियो । तर तत्कालिन एलडिओ गेहेन्द्र बहादुर डाँगीको सरुवा भएपछि सम्मेलन गर्ने योजना सेलाउदै गएको हो ।

समिति गठन पछि ३ पटकसम्म वैठक बसेको संयोजक आचार्यले जानकारी दिए । ‘अवधारणा पत्र पनि तयार पारिएको थियो संयोजक आचार्यले भने ‘अहिले करिब ३ महिना भयो समितिको कुनै वैठक बस्न समेत सकेको छैन् ।

नागरिक समाज, गैसस, पत्रकार महासंघका अध्यक्ष लगायतको एक समितिले अबधारणा बनाएको भएता पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले बताए ।

हामीले धेरै मेहनत गरेर राम्रो अवधारणा बनाएका थियौं न्यौपानेले भने ‘तर त्यो काम अहिले कहाँ पुगेको छ पत्तो छैन् । उता जिविस रोल्पाका सुचना अधिकारी राम कुमार न्यौपानेले यस बारेमा तत्कालै केहि निर्णय हुने बताए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger