|
|
असार ५, दाङ । दाङको घोराही नजिकै सेवार खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
घोराही-११ जानकी टोल निवासी १४ वर्षीय अनिल नेपालीको शनिबार पौडी खेल्दै गर्दा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेवार खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको कल्भर्टमा डुबेर शनिबार नेपालीको मृत्यु भएको हो ।
बिहान घरबाट बजार जान्छु भन्दै निस्किएका किशोरको करिब ३ बजेतिर खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ । रासस
Post a Comment