Headlines News :
Home » » रोल्पाको जिनाबाङमा रहेको सिद्दार्थ माविको अक्षयकोष उद्घाटनका १३ तस्बिरहरु हेर्नुहोस

रोल्पाको जिनाबाङमा रहेको सिद्दार्थ माविको अक्षयकोष उद्घाटनका १३ तस्बिरहरु हेर्नुहोस

Written By Unknown on Sunday, June 12, 2016 | 11:27 PM


जेठ ३१, रोल्पा । रोल्पा जिल्लाको सुदूरपश्चिमको सिद्दार्थ माध्यामिक विद्यालयमा नमुना विद्यालय निर्माणको पहिलो चरणको आर्थिक अभियानको ब्यबस्थापनका लागी अक्षयकोष उद्घाटन समाहरोह भव्यताका साथ् जेष्ठ यहि २८ गते सम्पन्न भएको छ ।



विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक राम ओलीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समाहरोका प्रमुख अथिति जिल्ला शिक्षा कार्यालयका अधिकृत कृष्ण चन्द्र पोख्रेल तथा कार्यक्रमका बिशेष अतिथि आरपी शेर बहादुर डाँगी रहनु भएको थियो । जिनाबाङ गाविसमा रहेका विभिन्न राजनीतिक दल तथा समाज सेवीहरु र स्थानीय समुदायको उपस्थिति रहेको उक्त समाहरोह्मा स्थानीय समुदायबाट आ-आफ्नो संस्कृति झल्काउने गरि झाँकीहरु प्रस्तुत गरेका थिए ।



मगर समुदायको झाँकी लहरे नाँच घोप्टेओढार/कालाभिर/ढिडपिटे समुहले प्रस्तुत गरेका थिए भने, क्षेत्री समुदायबाट पैसरे नाँच लोरिविनी/डाँडाखुटी समुदायले प्रस्तु गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकृत पोखरेलले भन्नुभयो-, “शिक्षा नै परिवर्तनको पहिलो आधार हो, जसको व्यवस्थापनको लागी यसरि सबै अभियानमा जुटे परिवर्तन हाम्रै अगाडी छ” ।



विद्यालयको अभियानलाई व्यक्तिगत रुपमा २५,००० प्रदान गरेका अधिकृतले थप संस्थागत सहयोगको प्रतिबद्धता जनाउदै राज्यवाट नमुना विद्यालयको लागी छुट्याइने बजेटको केहि हिस्सा सिद्दार्थ माध्यामिक विद्यालयलाई सहयोग गर्ने बाचा गर्नुभएको छ । बिशेष अतिथिका रुपमा उपस्थित आरपी शेर बहादुर डाँगीले नमुना विद्यालय निर्माण अभियान अत्यन्त समय सान्दर्भिक भएको र यसको लागि आबस्यक नैतिक, भौतिक सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नुभएको थियो ।



उपस्थित सम्पूर्ण दलका प्रतिनिधिहरुबाट अभियान प्रति सकारात्मक धारणा प्रस्तुत गर्दै भरपुर सहयोग गर्ने अभिव्यक्ति दिएका थिए । अहिले सम्म अक्षयकोषका लागि घोषित रकम १२ लाख भन्दा धेरै भइसकेको छ । सानदार रुपमा सम्पन्न अक्षयकोष उद्घाटन कार्यक्रमको संचालन विद्यालय प्रधानाध्यापक गोर्ख बहादुर ओली र शिक्षक तेजेन्द्र गिरीले गर्नु भएको थियो ।

तस्बिरमा हेनुहोसउद्घाटनका केहि झलकहरु











Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger