Headlines News :
Home » » सल्यान श्रीनगरमा रुकुम प्रालीको डिलक्स बस तोडफोड गर्ने ६ जनालाई कारवाही हुने

सल्यान श्रीनगरमा रुकुम प्रालीको डिलक्स बस तोडफोड गर्ने ६ जनालाई कारवाही हुने

Written By Unknown on Monday, June 13, 2016 | 4:03 AM


शँकर केसी/जेठ ३१, सल्यान । सल्यान,यात्रु सवार भएकै अवस्थामा सार्वजनीक बसमा तोडफोड गर्ने सल्यान रुकुम यातायात व्यवशायी समितिका ६ जना विरुद्ध प्रहरीले कानुनी कारवाही चलाउने भएको छ ।



६ जना कर्मचारिलाई सल्यान प्रहरीले नियन्त्रण लिइसकेको छ । इन्ट्री गर्ने क्रममा प्रहरीकै अगाडी वस तोडफोड गर्नुका साथै प्रहरीलाई समेत आक्रमण भएको थियो । पक्राउ पर्नेहरुमा छतेन्द्र हमाल, सुनिल थापा, नारायण भट्टराई, पाण्डव हमाल, नविन ओली र केशव महर रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम खत्रीले बताए ।

गाडी तोडफोडको विषयमा सोमवार विहान जिल्ला प्रशाशन कार्यालयमा छलफल समेत भएको थियो । ‘प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल पनि छलफलमा सहभागी हुनुहुन्थ्यो’ डिएसपि खत्रीले भने– बस तोडफोडमा संलग्नलाइ कानुनी कारवाही सुरु हुन्छ ।

काठमाण्डौबाट रुकुम तर्फ जाँदै गरेको ना ५ ख ७२४१ नम्बरको डिलक्स बसमा सल्यान रुकुम यातायात समितिका कर्मचारीहरुले सोमबार विहान ५:५० बजेतिर वसमा तोडफोड गरोक थिए ।त्यस क्रममा ट्राफिक प्रहरीका हवल्दार विरेन्द्रबहादुर कडायत, बसका कन्डक्टर गणेश कुमाई, यात्रुहरु बलबीर पुन र विमला भुसाल घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुमाईको टाउकोमा र भुसालको खुट्टामा चोट लागेको छ । तोडफोडबाट बसको अगाडीको सिसा फुटेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger