Headlines News :
Home » » एमाले सल्यानले भन्यो- एमाले सल्यानका सबै विवाद समाधान भईसके

एमाले सल्यानले भन्यो- एमाले सल्यानका सबै विवाद समाधान भईसके

Written By Unknown on Thursday, June 9, 2016 | 10:14 PM


जेठ २८, सल्यान ।  जिल्ला पार्टीमा भएको विवाद सकिएको एमाले सल्यानले जनाएको छ । जेठ २६ र २७ गते २ दिनसम्म चलेको बैठकबाट सम्पूर्ण विवाद समाधान भएको एमाले सल्यान शुक्रबार जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।



पार्टीका पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाको प्रमुख आतिथ्यता तथा राप्ती अञ्चल इन्चाज तथा केन्द्रिय सदस्यहरु खेममान खड्का र जिल्ला इन्चार्ज तथा बैकल्पीक केन्द्रिय सदस्य गुलावजंग शाहको विशेष उपस्थितीमा गरिएका निर्णयहरु सार्वजनीक गर्दै पार्टी भित्र भएका विवादहरु हल गर्ने गरि सहमति भएको बताइएको छ ।

बैठकबाट बागचौर नगरपालिकामा भएका २ वटा कमिटी विगठन गरी श्रावण ८ मा पुनः अधिवेशन गर्नेगरी विभिन्न व्यक्तीको जिम्मेवारी तोकिएको छ भने पार्टीले २ महिनाका लागि जागरण अभियान सहित गाउमा गएर भेला, अन्तरक्रिया र सभा गर्ने भएको छ ।

त्यस्तै एमाले नेतृत्वको सरकारले ल्याएको बजेट र कार्यक्रमका विषयमा जनस्तरमा जानकारी गराउने र पार्टीलाई  अव स्थानिय निकायको चुनाव प्रचार प्रशारमा लगाइने पनि जनाइएको छ । विज्ञप्ती वितरण कार्यक्रमलाई पार्टीका जिल्ला इन्चार्ज गुगालजंग शाह, जिल्ला अध्यक्ष हरि केसी, उपाध्यक्ष गोविन्द पुन र सचिव सिपि वलीले सहजिकरण गरेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger