Headlines News :
Home » » बंगुर व्यवसायले यसरि बदलियो घोराहीबासी यी दम्पतिको !

बंगुर व्यवसायले यसरि बदलियो घोराहीबासी यी दम्पतिको !

Written By Unknown on Thursday, June 9, 2016 | 10:20 PM


गिरिराज नेपाली/जेठ २८, घोराही । घोराही नगरपालिका वडा न. ८ एकान्त टोलकी कलकुमारी चुनारा र उनका श्रीमान जगत दर्लामी दुवै वैदेशिक रोजगारका लागि जाने निर्णय गरे ।




वैदेशिक रोजगारका लागि दुवैजनाले पासपोर्टदेखि स्वास्थ्य परीक्षण गरी  मेनपावरमा भिसासमेत लगाई सकेका थियो । तर एकाएक उनीहरुले यही बसी केही गरौं भन्ने सोच आएपछि बंगुर पालन गरे । तर बंगुर पालनले अहिले विदेशी कमाईलाई समेत जितेको छ । तर अहिले बंगुर पालनले उनीहरुको  जीवन फेरिएको छ ।

बगुर पालन व्यावसाय सञ्चालन गर्दै आएकी कलकुमारीले भनिन् विदेश जाने सोचमै थियौं । तर एकाएक बंगुर पालन गरौं भनी सोच परिवर्तन ग¥यौ अहिले राम्रै कमाई भईरहेको छ । व्यवसाय गर्छाै भनी ऋण खोज्यो कसैले ऋण दिएनन् तर हामी अन्ततः विदेशिने निर्णय ग¥यौ । 

तर जलजला सहकारीमार्फत युवा स्वरोजगारका कार्यक्रम अन्तर्गत दुई लाख रुपैया“ ऋण लियौं र चार वटा बंगुर खरिद गरी व्यावसाय सुरु ग¥यांै । अहिले राम्रै आम्दानी भई रहेको छ । जम्मा चार वटा बंगुरबाट सुरु गरेको फर्ममा अहिले १२ वटा माउ बंगुर छन । वार्षिक रुपमा दुईसय वटा बच्चा उत्पादन हुने गर्दछ । २०७० सालबाट दुई लाखको ऋण लगानी गरी सुरु गरिएको बंगुर पालनमा अहिले वार्षिक रुपमा मात्रै आठ लाख रुपैया“सम्मको कारोवार हुने गरेको कलकुमारी चुनाराले बताएकी छिन ।

दाङ, सल्यान, रोल्पा र प्यूठानसम्ममा उत्पादित बंगुरका बच्चाहरु बिक्री वितरण हुने गरेको उनले बताएकी  छिन ।  प्रति बंगुर बच्चालाई चार हजार र मासु प्रतिधार्नी पा“चसय रुपैया“मा बिक्री हुने गरेको छ । नेपालमै बसेर भएपनि केही गर्न सकिन्छ भन्ने उदाहरण मात्रै होईन सानो लगानीले ठूलो परिवर्तन समेत गर्दछ भन्ने गतिलो उदाहरण कलकुमारी र जगतले दिएका छन ।

वैदेशिक रोजगारका लागि तयार भईसकेका यी दम्पत्तीले बंगुर पालेर भएपनि सफल र असल व्यवसायी बनेको उदाहरण दिएका छन ।     वैदेशिक रोजगारमा नेपालीले भोग्नु परेको समस्या र दिनपिच्छे फर्किने गरेका मृत्युका बाकसहरु बारेमा पढ्दा र सुन्दा उनीहरु अन्ततः नेपालमै केही गरौं भन्ने मनशाय जाग्यो, त्यसैले बंगुर पालन सुरु ग¥यौं ।

व्यावसाय सञ्चालन गर्दै आएकी कलकुमारीले भनिन् ‘हातमा केही सीप थिएन, बंगुर पाल्यौं जीविकोपार्जनका लागि धेरै सहयोग गरेको छ ।’ ‘हातमा केही सीप नभए पछि नेपालमा केही गरांै उपाय नै थिएन । तर हामीले बंगुर पालन गरौं भनी सल्लाहले व्यवसाय सुरु ग¥यौं, अहिले रामै्र छ ।’

 दुई लाखका लगानीबाट सुरु   गरेको बंगुर पालन अहिले १२ लाख वरावरको लगानी लगाएको उनले बताएकी छिन । सानो लगानीबाट सुरु गरी घर खर्चसंगै लगानीलाई समेत दोब्बर बनाई लगेको छु ।  तर सरकारले हामी जस्ता युवाहरुको व्यवसाय फस्टाउनमा कुनै सहयोग पु¥याएको छैन । उनले भनिन् सरकारले केही अनुदान अर्थात लगानी लगाईदिएमा व्यवसायलाई अझै बढाउ“दै लैजाने मन छ । उनले भनिन् हिजोआज घरखर्च चलाउन समेत सजिलो भएको छ । पहिलाका दिनमा पारिवारिक खर्च टार्न धौं–धौं थियो । तर हिजोआज पारिवारिक खर्च टार्नका लागि श्रीमानको मुख  ताक्नु पर्ने छैन मलाई ।

नेपाली विषयमा स्नातकसम्म अध्ययन गरेकी कलकुमारी हिजो–आज बंगुर रेखदेखमै व्यस्त रहेकी छिन । बिहानै घोराही बजारका विभिन्न होटेलहरुबाट बंगुर दाना उठाउने, खोर सफा गर्ने, पानी खुवाउनेसम्मका कामहरु उनको दैनिकी जस्तै बनेको छ । तर उनी बंगुर रेखदेख र हेरचाहमै आफूलाई तल्लिन बनाई राख्दा निकै खुसी महसुस हुने गरेको उनले बताइन । उनले भनिन् ‘म टोल विकास समितिको समेत अध्यक्ष ह“ु, व्यवसायसंगै सामाजिक काममा पनि अग्रसर रही काम गर्दै आएकी छु ।’

‘बंगुर नपालेर विदेश गएको भए घरबार, छोराछोरी, समाज सबैलाई छोडेर जानु पथ्र्याे तर व्यवसाय सुरु गरे, घरमै बसी मिठो मसिनो खाई यही दाम पनि छ, नाम पनि छ ।’ उनले भनिन् ‘म घरमै बच्चासगै बंगुरसंगै खेलिरहेकी हुन्छु । फुर्सदमा मात्रै अन्य घरायसी  काम गर्छु, श्रीमानले पनि धेरै सहयोग गर्नुहुन्छ । मैले पनि गरेकी  छु ।’

    उनले भनिन् ‘दिनरात दुःख गरेका छौं र हामीलाई विदेशी कमाई भन्दा कमी भएको छैन । बंगुर पालनले नै जीवन फेरियो । यसैमा नै सन्तुष्ट छौ ।’ उनी भन्छिन ‘केही गरौं भन्ने सोचको विकास भए अवश्य केही गर्न सकिदो रहेछ ।’स्रोत: rsamacharबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger