Headlines News :
Home » » दाङमा नेकपा एमालेको नौट्ङ्की: एकातिर माधव नेपाल गुट, अर्कातिर युवासंघ

दाङमा नेकपा एमालेको नौट्ङ्की: एकातिर माधव नेपाल गुट, अर्कातिर युवासंघ

Written By Unknown on Saturday, June 25, 2016 | 1:49 AM


सन्तोषकुमार गुप्ता/असार ११, दाङ । दुई गुट भएर समानान्तर कमिटी चलाइरहेका नेकपा एमाले दाङका दुई समूहले एकैदिन छुट्टाछुट्टै भेला गरेका छन् ।

घोराही र तुलसीपुरमा शुक्रबार एकै समयमा भएका छुट्टाछुट्टै भेलाई सम्बोधन गर्नका लागि केन्द्रीय नेताहरु नै यहाँ आएका थिए । घोराहीको भेलालाई बरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गरेका थिए भने तुलसीपुरमा भएको भेलालाई युवासंघका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।



केही समयअघि एमाले दाङमा जोगबहादुर राना र सचिब हुकुमबहादुर बस्नेत नेतृत्वले पार्टीमा आ-आफ्नो नेतृत्व दाबी गर्दै समानान्तर कमिटी चलाउँदै आएका छन् । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र कार्यकर्ताको सम्बन्ध माछा र पानीको जस्तो हुनुपर्ने भन्दै गुट र उपगुटको अन्त्य नभएसम्म अघि बढ्न नसकिने बताएका छन् ।  एमाले दाङका कार्यबाहक अध्यक्ष जोगबहादुर राना नेतृत्वको समूहले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टीमा  कार्यकर्ताको सम्वन्ध पानी र माछा जस्तो हुनु पर्छ’ उनले भने  ‘पार्टीको रुपमा मात्र नभएर जनताको पार्टि भएर चलाउनु पर्छ ।’ पार्टी जहिले पनि कमिटी प्रणालीका आधारमा चल्नुपर्ने तथा बहुमतको कदर हुनुपर्ने भन्दै उनले पार्टीमा गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । पार्टी्भित्र कार्यकर्तालाई दासको मानसिकताबाट हेर्नु गलत भएको बताए ।

‘कोही चाहन्छन् पार्टी्भित्र मुठ्ठीभरका मान्छे राखेर नेतृत्व गरिरहने अनि कार्यकर्तालाई दास बनाएर राख्ने’ उनले भने ‘तर, हामी पार्टीलाई पार्टीकै विधि र विधानअनुसार अघि बढाउन चाहन्छौँ ।’ दाङको एमालेभित्र देखिएको विवाद पार्टीलाई विधिवत रुपमा अघि बढाउने कि पार्टीलाई कसैको पेवा बनाउने भन्नेहरुको बीचमा चर्किएको बहसका रुपमा उनले अथ्र्याए । ‘१२ जनाले ५५ जनालाई कार्वाही गर्ने कुनै नियम छैन, पार्टीको अध्यक्ष विना बैठक बस्ने संसारमा कहीँ कतै हुँदैन्’ उनले भने ‘विचित्र भएको छ दाङमा ।’ कसैको धम्कीले पार्टी नचल्ने उनको भनाई थियो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली यो कार्यकर्ता भेलाले पार्टि नयाँ वाटो माफर्त एकता रुपमा अगाडी वढने विश्वास लिएको वताए । पार्टि राम्रो नभएमा लोतान्त्रीक गणतान्त्रीक आए पनि देशको विकास नहुने वताए । देशको विकास पार्टिले गर्ने भएकाले पार्टि राम्रो हुनु पर्ने पर्ने वताए । यो समयमा नेकपा एमाले कमजोर भयो भने राष्ट कम्जोर हुने उनको भनाई थियो । कम्युनिष्ट पार्टिको सिद्धान्त भनेको असल मान्छे वनाउनको लागि, असल मान्छेको र अनुसाससितको लागि हो,त्यो मानछे मात्रै नेकपा एमाले हुन सक्छ ।’

उनले राजनीतिक भन्दा नैतिकता धेरै माथी हुने हुँदा नैतिकता विनाको राजनीतिक कुनै अर्थ नहुने वताए । नैतिकता मरयो भने र कम्युनिष् पार्टि मर्ने हुदा नैतिकता भनदा माथी जान नहुने वताए । ‘कसैलाई काखा, कसैलाई पाखा लगाउनु पर्ने छैन्’उनले भने ‘पार्टि एउटै हो, सबैलाई मलिाएपछि पार्टि एकता र वलियो हुन्छ तर पार्टिमा नैतिक हिन हुनु हुदैन् ।’ नेता भनेको पार्टि्भित्र देखिएको रोगको पत्ता लगाएर निको पार्ने डाक्टर भएको वताए ।

त्यस्तै पोलिटब्यूरो सदस्य तथा सांसद प्रकाश ज्वालाले भेलामा पार्टीका शीर्ष नेताहरु जिल्लामा आएका बेला कुन समूह पार्टीको आधिकारिक भन्ने प्रश्न उठाउनु गलत भएको बताए । ‘बैठकमा नवस्ने, बैठक छाडेर कमिटि वनाउदै घोषणा गरेपछि दाङको एमाले, एमाले जस्तो रहला ? एमालेको उर्बर भुमि दाङ जिल्ला त्यति कुरालाई छिनो फानो गर्न नसक्ने होइन’, उनले भने ‘अव यसको छिनो फानो कार्यकर्ताहरुले नै गर्नुपर्छ ।’ 

नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा सांसद भागवत विश्वासी दाङमा भएको यो भेला महत्वपुर्ण भएको बताएका थिए । पार्टि्भित्र देखएका समस्या र जिज्ञासालाई मेटाउनको लागि यो भेलाले एकताको कायम गर्न सहयोग पुग्ने वताएका थिए । पार्टि भित्र किचलो हुदा फेरि पनि कांग्रेसले जित्ने संभावना भएको उनले बताए । ‘पार्टि्भित्र गञ्जागोल छ, झगडा छ,, केन्द्रमा सरकारले स्थानिय निकायको चुनाव गर्ने घोषण गरेको छ’ उनले भने ‘यस्तो अवस्थामा सबै कार्यकर्ताहरुको मनमा कांग्रेसले जित्ने हो कि भन्ने चिन्तामा छन् ।’

एमाले दाङका अध्यक्ष जोगबहादुर रानाको अध्यक्षतामा भएको कार्यकर्ता भेलालाई संवोधन गर्ने नेताहरुले पार्टी एकतालाई जोड दिए । एमाल जिल्लामा आएको पार्टी्भित्र समानान्तर गुटबन्दीले पार्टी कमजोर भएको भन्दै निरासा समेत व्यक्त गरेका थिए । नेताहरुले जिल्लाको पार्टी बलियो बनाउन केन्द्रीय नेतृत्वलाई गम्भिर बन्न आग्रह समेत गरेका थिए ।

नेकपा एमालेका संगठन विभाग प्रमुख हिराचन्द्र केसीको स्वागत मनतव्यवाट शरु भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसी, दाङ इन्चार्ज मेटमणि चौधरी, बाँके अध्यक्ष लक्ष्म्ण ज्ञवाली लगायतले विचार राखेका थिए । कार्यक्रमको सहजिकरण नेकपा एमाले दाङका उपसचिव वामदेव खनालले गरेका थिए । त्यस अवसरमा विभिन्न पार्टि संगठनहरु त्यागेर पार्टिमा प्रवेश गरेका थिए ।

त्यस्तै तुलसीपुरमा भएको भेलालाई सम्बोधन गर्दै युवा संघका केन्द्रय महासचिब किरण पौडेलले पार्टी्भित्र विवाद उत्पन्न गर्ने र टुटफुट सिर्जना गर्नेलाई युवासंघले तह लगाउनुपर्ने बताए । युवा संघ नेपाल जिल्ला कमिटि दाङको युवा भेलालाइ साम्वोधन गर्दै युवा संघ नेपालका महासचिव किरण पौडेलले दाङ जिल्ला पाटिमा देखिएको अन्तरकलह छताछुल्ल भएको र यस लाइ तहलगाउन युवासंघ लागि पर्नु पर्ने वताएका हुन ।

संविधानसभाको निर्वाचनमा पार्टिलाई तल्लो स्तरमा पुराई लज्जास्पद तरिकाले पदाधिकारीबाट राजिनामा दिएकाहरुनै सरकारको निति तथा कार्यक्रम विरुद्ध गएको र एमाले पाटिभित्र समान्नतर कमिति वनाउँदै पाटिलाई छेतिपुर्याउनेहरुले अहिले फेरी साम्राज्यवादको मतियार वनेको आरोप महासचिव पौडेलले वताए ।

नेकपा एमाले राप्तीअञ्चल समन्वय कमिटिका संयोजक खेममान वुढाले दाङमा हुकुम वहादुर वस्नेतको कार्यावहाक अध्यक्षतामा गडित जिल्ला कार्यसमिति आधीकारीक रहेको भन्दै जोगवहादुर रानाको अध्यक्षतामा भएको भनिएको कार्यसमिति अनाधिकृत रहेको वताए ।

९औँ अधिवेसन वाट जिल्ला अध्यक्षमा निर्वा्चित नरुलाल चौधरीले केन्द्रिय सदस्यमा उम्मेद्धारी दिएपछि कार्यावाहक अध्यक्ष पाएका रानाले पाटिको विधान विपरित व्यक्तिगत स्वार्थीपुर्तिमा आफना भरौटेहरुलाइ जिल्ला कमिटिमा ल्याएको वताउँदै केन्द्रिय समितिका सदस्य समेत रहेका खडकाले हुकुम वहादुर वस्नेतको अध्यक्षतामा गठित कार्यसमितिनै आधिकारीक रहेको दावी गरे ।

जिल्ला कार्यासमितिको निर्णय अनुसार युवासंघ नेपालको पाटिसुदृढिकरण अभियानको समापन कार्यक्रम वैशाख १० गते नै तय भएको हो तर केहि साथीको आग्रहमा आइ अर्को कार्यक्रम मा सहभागि हुने वरिष्ठ नेता माधव कुमार नेपाल देखि पाटिका पदाधिकारी हरुलाइ आफनो अस्तीत्व वचाउन उनले आग्रह गरे । 

जिल्लामा पाटि संस्थागत तरिकाले सञ्चालन हुन नसक्दा ०५१ साल पछिका संसदिय निर्वाचनमा दाङमा नेकपा एमालले कुनै पनि निर्वाचन क्षेत्रमा विजय हासिल गर्नसकेन अव पनि यस्तै रहे भन्न सकिन्न नेता खडकाले भने पार्टि्भित्रको अन्तरकलह समाधानका लागि नेकपा एमाले केन्द्रिय समितिले ततकाल पहल गनुपर्ने उनले वताए ।

युवासंघ दाङका उपाध्यक्ष किशोर केसीको  अध्यक्षता एवं युवासंघ नेपालका केन्द्रिय महासचिव किरण पौडेलको प्रमुख आतिथ्यतामा भउको जिल्ला भेलामा वोल्ने सहभागिहरुले जिल्ला पाटिको अन्तरकलह समाधानका लागि नेकपा एमाले केन्द्रिय समितिले पहल गर्नुपर्ने धारणा राखेकाथिए ।

कार्यक्रममा युवासंघ नेपालका केन्द्रिय सचिव वचन सिङले युवासंघ नेपालका संसथापक अध्यक्ष केपी शर्मा वलि नेतृत्वको सरकारले ल्याएको निति तथा कार्यक्रम सफल वनाउन युवा संघ आफनो क्षेत्रवाट लागि पर्नुपर्ने भन्दै युवासंघ नेपालले राष्ट्रियता स्वाभीमानता र स्वाधिनताको लडाईमा पुर्याएको योगदानको चर्चागरे त्यसै गरी उनले १४ वर्ष पाटिको नेतृत्व लिएर पाटिको प्रष्ट अडान वनाउन नसकेर पाटिलाइ नै ढुलमुलेको आरोपमा पुर्याउनेहरु समान्नतर कमिटिमा लागेको भन्दै अव तिनिहरुलाइ युवासंघले तह लगाउनु पर्ने वताए ।

कार्यक्रममा नेकपा एमाले दाङका कार्यावाहक अध्यक्ष हुकुम वहादुर वस्नेत, नेकपा एमाले क्षेत्र नं ४ का इन्चार्ज मनोहर वुढाथोकी युवा संघ भेरीका सचिव गणेश मान खनाल नेकपा एमालेक्षेत्रनं ५ का ईन्चार्ज उत्तर कुमार वली ,नेकपा एमाले क्षेत्रनं ३का ईन्चार्ज विवेक श्रेष्ठ अखिल नेपाल महिला संघ दाङकी सचिव जानका रेग्मी जिल्ला कमिटि सदस्य मनोज लामिछाने युवा संघ दाङका सदस्य मौसम आचार्य लगाएतले पाटिको अन्तर कलहले जिल्लामा नराम्रो प्रभाव परेको भन्दै अन्तरकलहको अन्तका लागि पाटिले कदम चाल्नु पर्ने वताएकाथिए । नेकपा एमाले क्षेत्रनं ४ का इन्चार्ज गोपाल नेपालीको स्वागत मन्तब्य वाट शुरुभएको कार्यक्रमको सहजीकरण युवा संघका जिल्ला सचिव माधव वलीले  गरेकाथिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger