Headlines News :
Home » » औषधी पसल छापामार्न आएपछि दाङमा औषधी व्यवसायीहरुको भागाभाग !

औषधी पसल छापामार्न आएपछि दाङमा औषधी व्यवसायीहरुको भागाभाग !

Written By Unknown on Saturday, June 25, 2016 | 1:13 AM


सन्तोषकुमार गुप्ता/असार ११, दाङ । दाङको तुलसीपुरमा नाम चलेका औषधी पसलहरु नै प्रक्रिया पूरा नगरी सञ्चालनमा आएको पाइएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले अनुगमनका क्रममा औषधी पसल अवैधानिक तरिकाले सञ्चालनमा आएको पाइएको हो ।



अनुगमनका क्रममा मेडिकल दर्ता नभएको र बिरामीको उपचार गर्ने व्यक्तिले स्वास्थ्यसँग सम्बन्धित विषय नै नपढेको पाइएपछि शितलपुर चोक नजिकै रहेको तुलसी हेल्थ क्लिनिक बन्द गराएको औषधी व्यवस्था विभाग नेपालगञ्जका निरीक्षक सुरज गौतमले जानकारी दिए ।

उक्त मेडिकलमा अनुमति बिना नै पायल्स रोगको उपचार समेत गरिँदै आएको थियो । तुलसी मेडिकलका सञ्चालकले औषधी पसल दर्ता गरेको र पायल्स रोगको उपचार गर्ने अनुमति प्राप्त कागजात विभागमा नबुझाएसम्म मेडिकल बन्द रहने गौतमले बताए ।

गौतमका अनुसार जीवनप्रेमी मेडिकलमा नेपाल सरकारले निःशुल्क वितरणका लागि सरकारी अस्पतालमा मात्रै उपलब्ध गराएको, नेपालमा बेच्न प्रतिबन्ध लगाइएको र म्याद सकिएका केही औषधी बेच्न राखिएको अवस्थामा फेला परेका छन् ।

जीवनप्रेमी मेडिकललाई औषधि ऐन अनुसार कारवाही हुने विभागले जनाएको छ । जीवनप्रेमी मेडिकल र मनोज उपचार क्लिनिकले अर्काको प्रमाणपत्र राखेर औषधी व्यवसाय गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

औषधि पसल गर्न फार्मेसी पढेको हुनपर्छ भने स्वयं व्यक्ति मेडिकलमा उपस्थित भएको हुनुपर्ने प्रावधान छ । त्यसैगरी दिर्घायु पोलिक्लिनिकमा राखिएको औषधी पसलले सञ्चालन अनुमतिपत्र देखाउन नसकेको अनुगमन टोलीले जनाएको छ ।

उक्त औषधी पसललाई प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको र पेश गर्न नसके पसल बन्द गरिने अनुगमन टोलीले जनाएको छ । त्यसैगरी राप्ती अञ्चल अस्पताल अगाडि रहेको पानस मेडिकल भने अनुगमन टोली देखेपछि बन्द गरेर बेपत्ता भएको गौतमले जानकारी दिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger