Headlines News :
Home » » दाङमा एनसेल टावर आगजनी गरेको आरोपमा विप्लब माओबादीका दुई कार्यकर्ता पक्राउ

दाङमा एनसेल टावर आगजनी गरेको आरोपमा विप्लब माओबादीका दुई कार्यकर्ता पक्राउ

Written By Unknown on Sunday, June 12, 2016 | 9:44 PM


जेठ ३१, दाङ । दाङमा नेकपा माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । एनसेलको टावरमा आगजनी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा दाङको देउखुरी निवासी पूर्ण खनाल र देउखुरीकै यमलाल पुजाली रहेको उक्त पार्टीले जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम खड्काले दुई जनालाई नियन्त्रणमा लिएको स्वीकार गरे ।

दुई जनामध्ये एक खनाललाई आइतवार साँझमा र पुजालीलाई सोमवार विहान मात्रै पक्राउ गरिएको इनिस्पेक्टर खड्काले बताए । पक्राउ परेकाहरु आगजनी गर्ने कार्यमा सम्लग्न भए नभएको वारेमा अनुसन्धान जारी रहेको खड्काले बताए । तर विप्लब माओवादीका दाङ जिल्ला सक्रेटरी सितलले भने पक्राउ परेका दुबै जना निर्दौश रहेको दाबी गरे ।

आफ्ना कार्यकर्तालाई प्रहरीले अनाहकमा दुःख दिने नियत राखेको उनले आरोप लगाए । पक्राउ परेका दुबै जनालाई तत्काल रिहागर्न उनले माग पनि गरे । उनले एनेसलको टावर आगजनीमा आफ्नो पार्टीको कुनै हात नभएको दाबी गरे ।

उनले भने ‘ हामीलाई थाँहै छैन , कस्ले गर्छ , कहाँ गर्छ तर हामीमाथि नै किन आरोप लगाइन्छ ?’ उनले गृहमन्त्रीले बोलेको कुरा आधारहिन भएको जिकिर गरे । जिल्लाका विभिन्न स्थानमा गरि हाल सम्म चारवटा एनसेलका टावरहरुमा आगजनी भइसकेको छ । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger