Headlines News :
Home » » दाङमा फेरी आजपनि एनसेलका दुईवटा टावरमा अगजनी

दाङमा फेरी आजपनि एनसेलका दुईवटा टावरमा अगजनी

Written By Unknown on Saturday, June 11, 2016 | 11:11 PM


जेठ ३०, दाङ  । दाङमा आजपनि अज्ञात समुहले दुईवटा  एनसेलको टावरमो आगजनी गरेको छ ।

आइतवार विहान ३ बजेरित तुलसीपुर १० डाँडा खुटी र धनौरी ९ रगैंचा स्थित एनसिएलको टावरहरुमा अज्ञात समुहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।




पाण्डेका अनुसार डाँडा खुटी स्थित टावरमा आगजनी गरेपछि स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएका थिए । त्यसपछि स्थानीयको खबर लगतै प्रहरी र शसस्त्र प्रहरी समेत पुगेर आगो नियन्त्रणमा लिएपछि क्षति कम भएको पाण्डेले बताए ।

प्रहरीका अनुसार डाँडाखुटीमा गरिएको आगजनीवाट जेनेटरबाट गएको तार मात्रै जलेको छ भने जेनेटर स्थानीयले आगो बुताएर बचाएका थिए । घटना स्थलवाट एक बोत्तल मट्टितेल र तीन वटा खालि बोत्तल , जुटको वोरा र धानको भुस फेला परेको प्रहरीले जानकारी दिएको छ ।

तर धनौरी स्थित रंगैचाको टावरमा भने वढी क्षती भएको छ । त्यहाँ जेनेटर सहित अन्य उपकरणहरुमा समेत क्षती पुगेको प्रहरीले बताएको छ । पाँच जनाको संख्यामा आएका अज्ञात समुहले आगो लगाएर भागेको स्थानीयले दिएका छन् ।

आगो नकेपा माओवादी विप्लव समुहले लगाएको एनसेलका पदाधिकारीहरुले आशंका व्यक्त गरेका छन् । तर नेकपा माओवादीका जिल्ला सेक्रेटरी सितलले भने आफुहरुको त्यसमा सम्लग्नता नरहेको दाबी गरे । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger