Headlines News :
Home » » रोल्पाका १९ गाविस पूर्ण खोप युक्त घोषित

रोल्पाका १९ गाविस पूर्ण खोप युक्त घोषित

Written By Unknown on Tuesday, June 28, 2016 | 7:04 AM


माधवकुमार ओली, रोल्पा/१४–असार  । रोल्पाका १९ वटा गाविस पूर्ण खोप युक्त घोषित भएका छन् । मङ्गलवार जिल्लाको पाँङ गाविसलाई पूर्ण खोप युक्त गाविस घोषणा गरिएसँगै जिल्ला पूर्ण खोप युक्त गाविस घोषित हुने गाविसको सङ्ख्या १९ पुगेको हो ।


जिल्लाका ४९ गाविस र एक नगरपालिका मध्ये १९ गाविस पूर्ण घोप युक्त घोषित भएका छन् । एक नगरपालिका र ३० गाविस भने अझै घोषित हुन बाँकी रहेका छन् ।

जिल्लाका सबै जसो गाविसहरुमा पूर्ण खोप सोव पुगेको भएता पनि प्रक्रिया पु¥याएर घोषणा गर्नुपर्ने भएकाले केहि समय लाग्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका खोप सुपरभाइजर कमल महतराले बताए ।

‘जिल्लाका अधिकांश बालबालिकाहरु खोप सेवाको पहुँचमा रहेका छन्’ खोप सुपरभाइजर महतराले भने तर पालैपालो गाविसहरुको अनुगमन तथा घोषणा गर्नुपर्ने भएकाले केहि समय लाग्ने भएको हो । जिल्लाका अधिकांश बालबालिकाहरुले सबै प्रकारका खोप सेवा पाइरहेको समेत उनले जानकारी दिए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger