Headlines News :
Home » » मध्यपश्चिममै पहिलो पटक रुकुममा अन्तर्राष्ट्रिय किक वक्सिङ प्रतियोगीता हुँदै

मध्यपश्चिममै पहिलो पटक रुकुममा अन्तर्राष्ट्रिय किक वक्सिङ प्रतियोगीता हुँदै

Written By Unknown on Wednesday, June 22, 2016 | 10:43 PM


असार ९, रुकुम । मध्यपश्चिममै पहिलो पटक रुकुममा “प्रथम अन्तर्राष्ट्रिय कराते तथा किक वक्सिङ च्याम्पियनसिप २०७३” हुने भएको छ ।



आगामी असार १८ देखी २१ गतेसम्म रुकुमको सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरा स्थित सेमी कवर्डहलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगीता हुन लागेको हो । नेपाल क्योकुसिन बुदो काई कराते एसोसियशन रुकुमले वुधवार मुसिकोट खलंगामा पत्रकार सम्मेलन गरी कार्यक्रमको वारेमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष मानवहादुर चदाराले प्रतियोगीतामा नेपालका २० बढी जिल्ला र भारतका गरी करिब डेड सय खेलाडीहरुले सहभागीता जनाउने वताउनुभयो । उहाँका अनुसार भारतबाट १० जना खेलाडीहरुले सहभागीता जनाउँने अपेक्षा गरिएको छ । प्रतियोगीतामा सहभागीता जनाउने खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् ।

जिल्लामा बेला बेलामा भलिबल, फुटबल लगायतका खेलकुद प्रतियोगीताहरु संचानल हुने गरेपनि ठुलो प्रयासपछि मध्यपश्चिममै पहिलो पटक रुकुममा अन्र्तराष्ट्रिय कराते तथा किकवक्सिङ प्रतियोगीता आयोजना गरिएको अध्यक्ष चदाराले बताउनुभयो । अहिले प्रतियोगीताको तयारी स्वरुप रिङ व्यवस्थापन, प्रचार प्रसार, आर्थिक सहयोग संकलन लगायतका काम भैरहेको पनि आयोजकले जनाएको छ ।

रुकुमलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँन प्रतियोगीताले महत्वपुर्ण योगदान पु-याउने आयोजकले विश्वास पनि लिएको छ । यस खेलका बारेमा जिल्लामा सबैलाई जानकारी नभएको अवस्थामा यसबारेमा जानकारी गराउन र जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत प्रतियोगीता महत्वपुर्ण सावित हुने अध्यक्ष चदाराको भनाई छ ।

पछिल्लो समय जिल्लामा किक वक्सिङका खेलाडीहरु पनि उत्पादन भैरहेका छन् । राप्तीका अन्य जिल्लामा नभएपनि रुकुममा भने किकवक्सिङका खेलाडीहरु रहेको वताइएको छ । जिल्लाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगीताहरुमा सहभागीता जनाईसकेका छन् ।

गत वर्षको पौष १८ गते भारतमा भएको किकवक्सिङ प्रतियोगीतामा रुकुमबाट लोकेन्द्र चदारा, रमेश विक र टेकवहादुर विकले सहभागिता जनाई गोल्डमेडल र रजक पदक हात पारेका थिए । यसैगरी १० गतेबाट काठमाडौंमा हुन लागेको राष्ट्रिय प्रतियोगीतामा पनि रुकुमबाट २ जना खेलाडीले सहभागीता जनाउँदैछन् ।

पत्रकार सम्मेलनमा आयोजक एसोसियशन रुकुमका अध्यक्ष चदाराले प्रतियोगिता सफलताको लागी सवै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको समेत वताउनुभयो । सम्मेलनमा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger