Headlines News :
Home » » दाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गरि तीन जनालाई १३ वर्ष कैद

दाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गरि तीन जनालाई १३ वर्ष कैद

Written By Unknown on Thursday, June 23, 2016 | 12:47 AM


असार ९, दाङ । दाङमा एक १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले तीन जनालाई १३/१३ वर्षकैद सजायको फैसला सुनाएको छ ।



बालिकालाई २०७२ कार्तिक ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाका बारेमा अनुसन्धान गर्दै प्रहरीले बलात्कार गरेको अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलाशले तुलसीपुर नगरपालिका १९ का १८ वर्षीय लक्ष्मण विक, तुलसीपुर नगरपालीका २० का १८ वर्षीय कमल विक र २३ वर्षीय विष्णु विकलाई जनही १३/१३ वर्षकैद सजायको फैसला सुनाएको छ ।

तीनै जनालाई बलात्कार गरेकोमा आठ/आठ वर्ष र सामूहिक करणी गरेकोमा थप पाँच वर्षगरी जनही १३/१३ वर्षकैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर रानाले जानकारी दिए । त्यसैगरी जनही ३०/३० हजारका दरले पीडितलाई क्षतिपूर्ति भराउने समेत उक्त फैसलामा भनिएको रानाले बताए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger