Headlines News :
Home » » दाङमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक जना गम्भीर घाइते

दाङमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक जना गम्भीर घाइते

Written By Unknown on Monday, June 6, 2016 | 8:04 PM


रेखा मगर/जेठ २५, दाङ । दाङमा सोनापुर सिमेन्ट उद्योगका लागी चुनढुंगा वोकेको टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।



रा १ख९४७ नं को टिप्पर रोल्पाको होलेरी छेउँवाट चुनढुंगा लिएर आँउदै गर्दा दाङको सैघा गाविस २ तोषपेदीमा गएराति २ वजे दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक, सहचालक र एक जना सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसी प्रकाशराज शर्माले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका मध्य टिप्परमा सवार सैघा २ वस्ने १९ वर्षका अजय नेपालीको मात्रै सनाखत भएको छ ।

चालक र सहचालकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले वताएको छ । दुर्घटनामा परी सैघा २ वस्ने १९ वर्षका खिमवहादुर सार्की गम्भिर घाइते भएका छन् । घाइते सार्कीको घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ ।

चिप्लो वाटो र लोड धेरै भएका कारण टिप्पर १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । वर्षायाम लागेसंगै घोराही होलेरी सडकखण्ड हिलाम्य हुने गरेको छ । जसका कारण सवारी चालक र यात्रुहरुलाइ समस्या उत्पन्न हुने गरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger