Headlines News :
Home » » सल्यानमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना गम्भीर घाईते

सल्यानमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना गम्भीर घाईते

Written By Unknown on Sunday, June 19, 2016 | 6:15 PM


असार ६, रुकुम । सल्यानमा आईतबार विहान बस  दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन । मृत्यु हुनेमा सल्यान धारापानी ७ का गाडी मालिक ३७ वर्षिय राम वहादुर खडका रहेका छन ।



घाईते खडकाको उपचारको क्रममा नेपालगंज स्थित शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । कार्यालयका अनुसार अन्य घाईते हुनेमा गाडी चालक सुर्खेतका २५ वर्षिय मिलन रावत र जाजरकोट टालेगाउँका २२ वर्षिय गाडी सहचालक उमेशजंग शाह रहेका छन ।

उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ । धारपानी वाट सल्यान सल्लीवजार तर्फ जाने क्रममा ना.४ ख ५९४४ नम्वरको गाडी देवस्थल गाविस ७ समाईलामा व्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

वस सडक वाट करिव २ सय मिटर तल भेरी नदिमा खसेको छ । वस दुर्घटना भए लगत्तै माछा मार्न गएका माझीले ईलाका प्रहरी कार्यालय सल्ली वजार लाई खवर गरेका थिए । घाईतेको टाउको हात र खुट्टमा गहिरो चोट लागेको छ । वस भेरी नदिको विचमा डुवेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger