Headlines News :
Home » » यात्रु सवार सल्यान रुकुम यातायातका दुई यात्रुबाहक बसमा एकैपटक आक्रमण

यात्रु सवार सल्यान रुकुम यातायातका दुई यात्रुबाहक बसमा एकैपटक आक्रमण

Written By Unknown on Sunday, June 19, 2016 | 6:21 PM


शंकर केसी/असार ६, सल्यान । पछिल्लो समय सल्यानमा वस सञ्चालको विसयलाई लिएर समिति बीचको विवाद तिर्व बन्दै गएको छ ।



केही दिन यता लगातार जसो यात्रु सवार वसहरुलाई लक्षित गरि आक्रमण र तोडफोडहरु हुन थालेका छन् । मानविय सम्वेदना समेत ख्याल नगरी चल्ति वसमा आक्रमण हुँदा चालक र यात्रुहरु समेत घाईते हुन थालेका छन् ।

सल्यान रुकुम यातायात व्यवसायी समितिको दुईवटा वसमा आइतवार विहान साढे २ बजेतिर अज्ञात समूहले तोडफोड गरेको छ । दाङको भालुवाङबाट रुकुम खलंगा तर्फ जाँदै गरेको रा १ ख ११२६ नम्वरको वस र नेपालगञ्जबाट रुकुम तर्फ जाँदै गरेको ना ३ ख ७२३५ नम्बरको यात्रु सवार वसमा सल्यानको ढाँकाडामको निगालपानीमा तोडफोड भएको जिल्ला प्रहरी प्रमखु एवं डिएसपी श्याम शत्रीले जानकारी दिए ।

वसमा अज्ञात समुहले गरेको आक्रमणका क्रममा रा १ ख ११२६ का सहचालक ताराप्रसाद महतारा घाइते भएका छन् । अपरिचित व्यक्तिहरुले चल्ति वसमा ढुंगामुढा गर्दा दुवै वसका सिसा फुटेको सल्यान रुकुम यातायात व्यवसायी समीतिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिए । शुक्रबार राति पनि रुकुम यातायात प्रालिको डिलक्स बसमा तोडफोड भएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger