Headlines News :
Home » » प्यूठान अदालतद्वारा १८१ मुद्दा फैसला

प्यूठान अदालतद्वारा १८१ मुद्दा फैसला

Written By Unknown on Saturday, June 25, 2016 | 4:06 AM


राधिका भुसाल/असार १०, प्यूठान । आ.व. ०७२/०७३ को अवधिमा जिल्ला अदालत प्यूठानमा पेश हुन आएका २७२ थान मुद्दामध्ये हालसम्म १८१ अर्थात ६६.५४ प्रतिशत फर्छौट गरेको छ ।



शुक्रवार अदालती गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार भेटघाटमा विभिन्न शीर्षकमा दर्ता भएका मुद्दाहरु अधिकांश यही आ.व.मै दर्ता भएको र छोटो समयमै फर्छौट पनि भएको अदालतले जानकारी दिएको हो ।

बेचबिखन, बलात्कार जस्ता गम्भिर प्रकृतिका घटनाहरुको १३ थान मुद्दा परेको र त्यसमध्ये अब २ वटा मात्र फर्छौट हुन बाँकी रहेको जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले जानकारी दिए ।

सामान्य खालका घटनाहरुको निवेदन लेख्नका लागि वकिलको आवश्यक नपर्ने अदालतबाट नमुनापत्र लिएर आफैँले पनि लेख्न सक्ने हुँदा आम नागरिकहरुलाई अदालतले दिएको सहयोगको सदुपयोग गर्न न्यौपानेले आग्रह समेत गरे ।

बालक मात्र संलग्न रहेका घटनाहरुको मुद्दा बाल विकासबाट हेरिने गरेको छ । अदालतद्वारा जनतालाई दिइने सेवा सुविधामा कुनै गुनासाहरु आएको खण्डमा जिल्ला अदालतले सुझावको रुपमा लिइ त्यसलाई सुधार गर्दै लैजाने न्यायाधीश न्यौपानेको भनाइ थियो । प्रवक्ता श्रेष्तेदार प्रेम प्रसाद न्यौपानेले हालसम्म भएका गतिविधिहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । रातोपाटीबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger