Headlines News :
Home » » दाङका १९ ओटा यी गाविसहरु बाढीको उच्च जोखिममा छन् !

दाङका १९ ओटा यी गाविसहरु बाढीको उच्च जोखिममा छन् !

Written By Unknown on Saturday, June 25, 2016 | 5:39 AM


भुपेन्द्रप्रकाश वली/असार ११, दाङ । दाङका १९ गाविस बाढीको उच्च जोखिममा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङकाअनुसार राप्ती र बबई नदीआसपासका सबै गाविस बाढीको उच्च जोखिम रहेको छन् । जिल्लाका पुरन्धारा, पन्चकुले, धनौरी, गोलटाकुरी, उरहरी, डुरुवा, फुलबारी, ढिकपुर, धर्ना, सतबरिया, राजपुर, बेला, गढवा, चैलाही, सोनपुर, गंगापरस्पुर, सिसहनिया, गोबरडिहा र लालमटिया गाविस बाढीको जोखिम रहेका छन् ।

फाइल तस्बिर
बाढीको सम्भावित खतरा न्यूनीकरणका लागि पूर्वतयारीका दिनहुँजसो जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताए । ‘२४सै घन्टा क्रियाशील रहने गरी आपत्कालीन सञ्चालन केन्द्रलाई सञ्चालनमा ल्याइएको छ ।’

उनले भने, ‘विगतमा बाढीले पुर्‍याएको क्षतिबाट पाठ सिकेर यो वर्ष सकेसम्म क्षति हुन नदिने प्रयासमा छौँ ।’ सोहीअनुरूप आपत्कालीन कार्य सञ्चालन केन्द्रले पनि बाढीको जोखिमयुक्त क्षेत्रमा जोखिम न्यूनीकरणका लागि पूर्वतयारीबारे सूचना आदानप्रदान थालेको छ । ‘माग भएबमोजिम सबै स्थानमा तारजाली उपल्बध गराइसकेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी काफ्लेले भने, ‘तारजालीका लागि निवेदन आए तत्काल उपल्बध गराइनेछ ।’

तारजाली कमजोर
यस्तै, राप्ती आसपासका बासिन्दामा पनि बाढीको त्रास बढ्दै गएको छ । राप्तीका विभिन्न स्थानमा तारजाली बाँध्ने काम भइरहे पनि त्यो बलियो नभएको स्थानीयको भनाइ छ । सोनपुर गाविसका सतिश आचार्यले उपभोक्ता समितिमार्फत गरिनुपर्ने तारजालीको काम ठेकेदारलाई दिँदा कमजोर भएको बताए । ‘बर्सेनि तारजालीको काममा करोडाँै खर्च भइरहेको छ ।’ उनले भने, ‘तर ठेकेदारले कमजोर संरचना बनाउँदा बर्सेनि बाढीले क्षति पुर्‍याउँदै आएको छ ।’

दुई वर्षअघि आएको बाढीले दाङमा दर्जन बढी मानिसको मृत्यु भएको थियो भने ६ सय बढी परिवार विस्थापित भएका थिए । गत वर्ष पनि राप्ती र बबई नदीआसपासमा बाढीले क्षति पुर्‍याएको थियो । त्यस्तै, चुरेअन्तर्गत आउने स–साना खोलाले पनि दाङका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएको छ ।

स्थानीयमा बाढीको त्रास
नदीको सतह बढेसँगै दाङवासीमा बाढीको त्रास पनि बढ्दै गएको छ । राप्ती र बबई नदीआसपासका बासिन्दामा अघिल्ला वर्षजस्तै बाढीले कुनवेला क्षति पुर्‍याउने हो भन्ने चिन्तामा छन् ।

दुई वर्षअघिको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको फुलबारी गाविसका देवीराम कुसारीले बबई खोलामा पानीको सतह बढेसँगै चिन्ता बढ्दै गएको बताए । ‘बबईले जुनसुकै वेला पनि आकार बढाउन सक्छ,’ कुसारीले भने, ‘पोहोर साल बाढी नआए पनि परारको घटना फेरि दोहोरिने चिन्तामा छौँ ।’इन्द्रेणी अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger