Headlines News :
Home » » दाङका ४८ वटा वहुवर्षिय सडक आयोजना राष्ट्रिय योजनामा

दाङका ४८ वटा वहुवर्षिय सडक आयोजना राष्ट्रिय योजनामा

Written By Unknown on Thursday, June 23, 2016 | 10:27 PM


नवीन अभिलाषी/असार १०, दाङ । आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी दाङका ४८ वटा सडकको निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । बहुवर्षिय योजनाअन्तर्गत राखेर ती सडकहरुको मर्मत, जिर्णोद्धार तथा स्तरबृद्धिका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले कार्यक्रम निर्माण गरेको छ ।



जिल्लाका विभिन्न स्थानलाई जोड्ने ४८ वटा ती सडकहरुको सुचि योजना आयोगको रातो किताबमा पारिएको नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले जानकारी दिनुभयो । केन्द्रबाटै भएको पहलमा अधिकांश योजनाहरु रातो किताबमा पर्न गएको उहाँको भनाइ छ । तर, ती योजनाहरुको प्रक्रिया अगाडि बढाउनका लागि स्थानीय उपभोक्ताहरुको पहल र सक्रियता आवस्यक पर्ने नेता पोख्रेलले बताउनुभयो । स्थानीयहरुको दवावका आधारमा आयोजना अगाडि बढ्दै जाने उहाँको भनाइ छ ।

सरकारले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रममा दाङका योजनाहरु नपरेको गुनासो आइरहेको थियो । तर, नेताहरुको पहलबाट दाङका लागि केहि योजनाहरु पारिएको नेता पोख्रेलका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ती सडकहरुमा घोराही मुर्कुटी हुँदै प्युठान जोड्ने सडक दुई लेनको बनाएर कालोपत्रे पर्ने योजना पनि रहेको छ ।

यस्तै तुलसीपुर नगरपालिकाको चक्रपथको सम्भाव्यता अध्ययन र निर्माणको योजना पनि प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै अन्य सडकहरुमा कुहिरेपानी धर्ना हुँदै सितलपुर जोड्ने सडक, बिजौरी दोघरिया हुँदै रोल्पा जोड्ने सडक, लालमटियादेखि सोनपुर चैलाही सडक, दंगीशरण मार्ग तुलसीपुर सुकौराकोट, घोराही फुर्सेखाली गिठेपानी सडक, नारायणपुर चौकीदेखि चरबगिया हापुर हुँदै बिजौरी डाँडादेखि होलेरी सडक रहेका छन् ।

यस्तै राइखलियान गैरिगाउँ हुँदै बेलटाकुरा सडक, गंगापरस्पुर–१ गोविन्दपुर खड्गपुर सडक, सुकदेवादेखि बबई पवननगर स्वास्थ्य चौकी हुँदै बयालेकोटदेखि सल्यानको लुहाम जोड्ने सडक, सिसहनियादेखि करंगे हुँदै मुर्कुटीदेखि प्युठान जोड्ने सडक, घोराही नगरपालिकाको बेलभार भैसाहीदेखि वर्गद्धी जोड्ने सडक जस्ता योजनाहरु योजना आयोगले प्राथमिकतामा राखेको जनाएको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार भालुवांग पुरानोबजार सडक स्तरोन्नती, विजौरी मानपुर डुरुवा सडक, बिजौरी मलवार सडकको कालोपत्रे तथा स्तरोन्नती, सहिद मार्गअन्तर्गत घोराही होलेरी सडक, घोराही धारापानी सडक, वीपी मार्ग घोराही चैते सडक, घोराही मसिना स्युजा स्वर्गद्वारीलगायतका सडकहरुको स्तरोन्नतिका लागि योजना बनाइएको छ ।

योजनाहरु नयाँ आर्थिक वर्ष सुरु भएपछि सर्भे गर्दै बजेट बिनियोजनको काम अघि बढ्ने एमाले स्थायी कमिटी सदस्य पोख्रेलले जानकारी दिनुभयो । ती सडकहरुको स्थानीय तहमै पुगेर स्टिमेट गर्ने र वजेटको व्यवस्थाका लागि जिल्लादेखि केन्द्रसम्म दवाव दिइने उहाँको भनाइ रहेको छ । ‘योजनाहरु रातो कितावमा परिसकेको छ आर्थिक वर्ष सुरु भएपछि स्टिमेट गर्दै वजेटका लागि स्थानीयहरुले पनि जिल्लादेखि केन्द्रसम्म लविङ थाल्नुपर्छ ।’

नेता पोख्रेलले भन्नुभयो ‘वहुवर्षिय योजनाहरु भएकाले स्थानीय उपभोक्ताहरुले कति चासो दिन्छन्, योजनाहरु सम्पन्न हुने त्यसमा भरपर्छ ।’ अब सडकमा लगानी गर्न आवस्यक रहेको भन्दै दाङका विभिन्न स्थानहरु जोड्न सडकका योजनाहरु अगाडि सारिएको एमाले नेता पोख्रेलले बताउनुभयो । मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले सडकहरुको बजेट निर्धारण भए बमोजिम ठेक्का आह्वान गरेर योजना अगाडि बढाउने बताएको छ । बहुवर्षिय योजनाहरुको वजेट प्रत्येक वजेट भाषणबाट निर्धारण हुने भएकाले सबै योजनाहरु एकैपटक सञ्चालन हुन नसक्ने कार्यालयले बताएको छ । तर, सडक योजना सञ्चालनका लागि उपभोक्ताहरुको सक्रियतामा निर्भर रहने सडक डिभिजनले बताएको छ । दाङखबरबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger