Headlines News :
Home » » दाङमा नाम चलेका तर अवैधानिक तरिकाले सञ्चालन भएका मेडिकलहरु धमाधम बन्द

दाङमा नाम चलेका तर अवैधानिक तरिकाले सञ्चालन भएका मेडिकलहरु धमाधम बन्द

Written By Unknown on Thursday, June 23, 2016 | 10:31 PM


असार १०, दाङ । दाङमा नाम चलेका औषधी पसल नै प्रक्रिया पुरा नगरी अबैद्य रुपमा सञ्चालनमा आएको रहस्य सार्वजनिक भएको छ ।

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जबाट विहीवार अनुगमनमा आएको टोलिले त्यस्तो रहस्य उजागर गरिदिएको हो । उसले यहाँका केही औषधी पसल अबैधानिक रुपमा सञ्चालन गरिएको भन्दै सिलवन्दी समेत गरिदिएको छ ।



अनुगमनका क्रममा मेडिकल दर्ता नभएको र बिरामीको उपचार गर्ने व्यक्तिले स्वास्थ्यसंग सम्बन्धित बिषय नै नपढेको पाइएपछी सितलपुर चोक नजिकै रहेको तुलसी हेल्थ क्लिनिक बन्द गराएको औषधी व्यवस्था बिभाग नेपालगञ्जका निरीक्षक सुरज गौतमले जानकारी दिए । उक्त मेडिकलमा अनुमती बिना नै पायल्स रोगको उपचार समेत गरिदै आएको थियो ।

तुलसी मेडिकलका सञ्चालकले औषधी पसल दर्ता गरेको र पायल्स रोगको उपचार गर्ने अनुमती प्राप्त कागजात बिभागमा नबुझाए सम्म मेडिकल बन्द गरिएको विभागका कर्मचारीले बताए । गौतमले तुलसीपुरको जीवन प्रेमी मेडिकलमा नेपाल सरकारले निःशुल्क बितरणका लागि सरकारी अस्पतालमा मात्रै उपलब्ध गराएको,नेपालमा बेच्न प्रतिबन्ध लगाइएका र म्याद सकिएका केही औषधी बेच्न राखिएको अवश्थामा फेला परेको जानकारी दिए ।

ती औषधी अनुगमन टोलीले आफ्नो नियन्त्रणमा लिएको उनले बताए । जीवन मेडिकललाई औषधी एैन अनुसार कारवाही हुने बिभागले जनाएको छ । जीवनप्रेमी मेडीकल र मनोज उपचार क्लिनिकले अर्काे प्रयोजनको लागि प्रमाण पत्र राखेर औषधी व्यवसाय गरेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।

औषधी पसल गर्नको लागि फार्मेसी पढेको हुनपर्ने र ती व्यक्ति स्वंयम मेडिकल मा उपस्थित हुनुपर्ने भिगाले जनाएको छ । त्यो नपाईएपछि विभागवाट आएको टोलिले मेडीकलमा राखिएका औषधी बेच्ने प्रमाणपत्र समेत नियन्त्रणमा लिएको छ ।

अनुगमन टोलीले औषधी व्यवसायी प्रमाणपत्र वहाकलाई सात दिन भित्र औषधी व्यवस्था बिभागको शाखा कार्यालय नेपालगञ्जमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै दिर्घायु पोलि क्लिनिकमा राखिएको औषधी पसलेले औषधी पसल सञ्चालन अनुमती पत्र देखाउन नसकेको अनुगमन टोलीले जनाएको छ ।

उक्त औषधी पसललाई शुक्रवार बिहान ११ बजे सबै प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ । पेश गर्न नसके पसल बन्द हुने अनुगमन टोलिले जनाएको छ । त्यस्तै राप्ती अञ्चल अस्पताल अगाडी रहेको पानस मेडीकलमा अनुगमन आएको सूईको पाएपछि बन्द गरेर सञ्चालक भागेको गौतमले जानकारी दिए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger