|
|
समितिले आज पत्रकार भेटघाट गरी असार १ गते देखि प्यूठानमा हाइस सेवा सञ्चालन गर्न लागेको जनाकारी दिएको हो । प्यूठानी जनता अर्थात यात्रुहरुले सुरक्षित र सहज यात्रा नभएको भन्दै गुनासो गरेपछी त्यो मागलाई मध्यजनर राख्दै जिल्लामा हाइस गाडीको आवश्यक महसुस गरी उक्त सेवा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष सुनिल बस्नेतले बताउनु भयो ।
भदौको पहिलो हप्ता देखि प्यूठानमा डिलक्स गाडिहरु थप्ने अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । यसरी स्तरिय सवारी साधनहरु थप गर्दा प्यूठान आउनेको यात्रु तथा दर्शनार्थी बढ्दा पर्यटकिय क्षेत्रमा टेवा पग्ने उहाँको भनाई छ ।
यातायात भाडामा २५ प्रतिशत बृद्धि भाडादर हाइसको गरिएको र डिलक्समा २० प्रतिशत बृद्धि हुने समितिले बताएको छ । जिल्लामा सडक निर्माण बढेसंगै यातायात सेवालाई पनि विस्तार गरी प्रभावकारी बनाउदै लगेको समितिका महासचिव चन्द्रमान श्रेष्ठले बताउनु भयो । हाइस गाडी विशेष गरी प्यूठान–काठमाण्डौ तथा धार्मिक स्थल स्वर्गद्धारीलाई प्राथमिकतामा राखेर सञ्चालन गरेकोे श्रेष्ठले जानकारी दिनुभयो ।
स्वर्गद्धारी समितिले ४० जना कर्मचारीहरुलाई रोजगारी दिएको छ भने बस ९१ डिलक्स ६, हाइस १४, जिप ३१, मिनि गाडि खरीद गर्ने तयारीकमा रहेको छ । भने दैनिक ७०० यात्रुहरु प्यूठान आवत जावत गराइएको समितिले जनाएको छ ।
Post a Comment