Headlines News :
Home » » दाङमा २५ हजार हेक्टर वन क्षेत्र सखाप, अग्नी नियन्त्रण सामाग्रीले काम गरेन

दाङमा २५ हजार हेक्टर वन क्षेत्र सखाप, अग्नी नियन्त्रण सामाग्रीले काम गरेन

Written By Unknown on Tuesday, June 14, 2016 | 5:47 AM


सन्तोषकुमार गुप्ता/जेठ ३२, दाङ । दाङमा बितेको ३ बर्षको तुलनामा यस बर्ष सबैभन्दा धेरै वन क्षेत्रमा आगलागी भएको छ । चालु आर्थीक बर्ष २०७२र७३ मा १ सय ५३ स्थानमा आगलागी हुदा झण्डै २५ हजार हेक्टर वन क्षेत्र सखाप भएको छ ।



१ सय ४३ सामुदायिक वन क्षेत्र र राष्ट्रिय वन क्षेत्रको १० गरी १ सय ५३ वन क्षेत्रमा आगलागी भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ । सामुदायिक वन क्षेत्रमा आगलागीबाट १३ हजार ३ सय ४१ हेक्टर र राष्ट्रिय वनको ११ हजार ६ सय २० हेक्टर गरि जम्मा २४ हजार ९ सय ६१ हेक्टर वन क्षेत्र सखाप भएको वन कार्यालयका सूचना अधिकारी गोकुल चौधरीले जानकारी दिए ।

गत आर्थीक बर्ष २०७१र७२ मा १४ स्थानमा आगलागी हुदा ६ सय हेक्टर वन क्षेत्र जलेको थियो । यसैगरी आर्थीक बर्ष २०७०र७१ मा १ सय १६ स्थानमा आलगागी हुदा ६ हजार ६ सय ११ दशमलब ५ हेक्टर र आर्थीक बर्ष २०६९र७० मा ३८ स्थानमा आगलागी हुदा ३ हजार २ सय ५० हेक्टर वन क्षेत्र जलेको वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस बर्ष ४ सय बढी क्विफिट काठ समेत जलेको छ । राष्ट्रिय वन क्षेत्रमा पर्ने देउखुरीको ढिकुरेमा रहेको घाटगद्धीको ८४ थान गालीया अर्थात ४ सय २० दशमलब २३ क्विफिट काठ जलेर नष्ट भएको सूचना अधिकारी चौधरीले बताए ।

यस बर्ष दाङका एक सय ५० बढी स्थानमा आगलागी कसरी भयो भन्ने बारेमा वन कार्यालयले अनबिज्ञता जनाएको छ । चर्को घाम र हावा चल्दा आगोलाई नियन्त्रणमा लिन समस्या हुदा धेरै वन क्षेत्रमा आगलागी भएको वन कार्यालयको भनाई छ । यस बर्ष दाङमा अग्नी नियन्त्रणका लागि १८ लाख बजेट आएको थियो ।

उक्त बजेटले १४ लाख रुपैयाँको अग्नी नियन्त्रण सामाग्रिहरु खरिद गरिएको छ । तर हावा र उच्च गर्मीका कारण ति सामाग्रिहरुले आगो निभाउन असफल भएको पाइएको छ । वन क्षेत्रमा आगो लागेपछि घाँसका नयाँ पालुवा पलाउने, बर्षायाममा भेला खेतबारीमा पस्दा मलिलो हुने भएकाले पनि नागरिकहरुले लुकिछिपी वनमा आगो लगाउने गरेको पाईन्छ । तर अहिले सम्म कस्ले आगो लगाउछ भन्ने पत्ता लाग्न सकेको छैन् ।

दाङमा चार बर्षमा वन क्षेत्रमा भएको आगलागी
आ.व.      स्थान                 हेक्टर
२०६९र७०    ३८                 ३२५०
२०७०र७१    ११६               ६६११.५
२०७१र७२     १४                 ६००
२०७२र७३    १५३               २४९६१


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger