Headlines News :
Home » » विप्लब माओवादी राप्ती ब्युरोले आफ्ना गिरफ्तार गरिएका ७ कार्यकर्तालाई अविलम्ब रिहा गर्न सरकारलाई दियो अल्टिमेटम

विप्लब माओवादी राप्ती ब्युरोले आफ्ना गिरफ्तार गरिएका ७ कार्यकर्तालाई अविलम्ब रिहा गर्न सरकारलाई दियो अल्टिमेटम

Written By Unknown on Saturday, June 18, 2016 | 4:32 AM


असर ४, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी राप्ती ब्युरोले एनसेल प्रकरणमा आफ्ना गिरफ्तार गरिएका राप्तीका ७ कार्यकर्तालार्इ अविलम्ब रिहा गर्न प्रहरी प्रशासनसँग माग गरेको छ ।



शनिबार विप्लव माओवादी राप्ती ब्युरोका इन्चार्ज मोहनलाल चन्द आधारद्धारा जारी गरिएको विज्ञेप्तीमार्फत देशको सम्पति लुटेर खाने एनसेलमाथि गरिएको आक्रमण जायज रहेको भन्दै सो प्रकरणमा आफ्ना कार्यकर्तालार्इ गिरफ्तार गरेर सरकारले  कायरता प्रर्दशन गरेको बताइएको छ ।

‘हाम्रो पार्टीले जनसमुदायको अनुमोदनमा भ्रष्ट , तस्कर, दलाल, कालाबजारीका विरुद्ध जनकार्वाही गर्दै आएको कुरा सर्वविदितै छ । यो काम राज्य र सरकारद्धारा हुनु पथ्र्यो । तर विडम्वना सरकारी पोषाक लगाएका कर्मचारी देखी सरकारी गैरसरकारी संघ संस्थामा समेत जनकार्वाहीको निशानामा परेका छन् ।’

आधारद्धारा जारी गरिएको विज्ञेप्तीमा भनिएको छ- ‘कार्वाहीको औचित्यता र जायज अभियानको पक्षमा जनसमर्थन बढिरहेको छ । जनचाहना बुझ्न सबैलाई सजिलो समेत भएको भएको छ । नेपाल सरकारले यो कुरा बुझी भ्रष्ट ,तस्कर, दलाल , कालाबजारीया, ठगी, महंगी विरुद्धको कानुन निर्माण र उपरोक्त विकृति र विसंगति साथै जनविरोधी क्रियाकलाप निमूल पार्ने प्रतिवद्धता सहित अभियान संचालन गर्नु पथ्र्यो ।यो एउटा असल राज्य र सरकारको न्यूनतम दायित्व हो ।’

विज्ञेप्तीमा व्युरो इन्चार्ज आधारले हाल हिरासतमा अन्यौल ग्रस्त रुपमा मानोवैज्ञानिक यातना दिएर राखेका आफ्ना कमरेडहरुलाई बिना शर्त र ससम्मान रिहाई गर्न माग गरेका छन् ।

अन्यथा सशक्त संघर्षमा अगाडि बढनु पर्ने बाध्यकारी अवस्था सिर्जना हुने कुरा पनि सोही  प्रेस विज्ञप्तिमार्फत आधारले जानकारी गराएका छन्।

विज्ञेप्तीको पूरा पाठ

“४३ अर्ब कर नतिरी देशलाई घाटा पु¥याएको राष्ट्र र जनतालाई ठगी गरेको जनताको सुविधाको नाममा चर्को शुल्क अशुली गरेको साथै सरकारी दलालहरुसंग मिलेर नेपाल टेलिकमलाई सखाप पार्ने खेल खेलेको प्रमाण सहित कार्वाहीको माग चौतर्फी नागरिकहरुवाट आएकोले कार्वाही भएको हो । यो कार्वाही हाम्रो पार्टीको अपिल र नेपाली जनताको सहभागितामा भएको हो । जो एक दमै जायज छ भन्ने हाम्रो ठहर छ ।” उक्त ब्यहोराको प्रेस विज्ञप्ती नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीय कार्यालयले जारी गरिसकेको छ ।

आदरणीय जनसमुदाय एवं सम्वन्धित निकाय ।

हाम्रो पार्टीले जनसमुदायको अनुमोदनमा भ्रष्ट , तस्कर, दलाल, कालाबजारीका विरुद्ध जनकार्वाही गर्दै आएको कुरा सर्वविदितै छ । यो काम राज्य र सरकारद्धारा हुनु पथ्र्यो । तर विडम्वना सरकारी पोषाक लगाएका कर्मचारी देखी सरकारी गैरसरकारी संघ संस्थामा समेत जनकार्वाहीको निशानामा परेका छन् ।

कार्वाहीको औचित्यता र जायज अभियानको पक्षमा जनसमर्थन बढिरहेको छ । जनचाहना बुझ्न सबैलाई सजिलो समेत भएको भएको छ । नेपाल सरकारले यो कुरा बुझी भ्रष्ट ,तस्कर, दलाल , कालाबजारीया, ठगी, महंगी विरुद्धको कानुन निर्माण र उपरोक्त विकृति र विसंगति साथै जनविरोधी क्रियाकलाप निमूल पार्ने प्रतिवद्धता सहित अभियान संचालन गर्नु पथ्र्यो ।यो एउटा असल राज्य र सरकारको न्यूनतम दायित्व हो ।

तर सरकारी पक्षबाट यसको ठीक विपरित जनतालाई दुरुसाहित र राष्ट्र र जनतामारा तत्वहरुलाई प्रोत्साहित र संरक्षण गर्ने काम हुनु निन्दनिय विषय हो । राष्ट्रिय राजनैतिक मुद्धा र गतिविधि उपर वहस छलफल सहित निष्कर्षमा जाने प्रतिवद्धता गर्नुको सट्टा जनतामाथि दमन चलाउने प्रतिक्रियावादी निरंकुश सत्ताको रवैयालाई नै अघि सार्न उद्धत हुनु नया“ नेपाल निर्माण गर्ने यात्रा विपरित हुन जान्छ ।

गत जेष्ठ २९ गनेको एनसेलमाथिको जनकार्वाहीलाई निहु“ बनाएर राजनैतिक आस्थाका आधारमा हाम्रा नेता कार्यकर्ताहरुलाई घरघरबाट गिरफ्तार गर्ने र जबरजस्त मुद्धा भिडाउने प्रकिया गृह प्रशासनबाट भैरहेको छ । पारिवारीक देनिकीमा खटिरहेका र आरामको आवश्यक्तामा घर विदामा वसेका मुटु रोगी कमरेडलाई समेत गिरफ्तार गर्नु र मुद्धा भिडाउने प्रकृयामा जानुले, के सत्य निरुपन हुन्छ त रु आम जनसमुदाय समेतले के कुरो बुझिसके भने बिना प्रमाण निर्दोष नेता कार्यकर्तालाई अभियुक्त सावित गराउन खोज्नु भनेको जनपक्षीय राजनैतिक आस्थामाथिकै प्रहार हो ।

यदि होइन भने जेष्ठ ३१ गते विहान ५ वजे घरमा सुतिरहेको अवस्थामा प्रहरीद्धारा गिरफ्तार पर्नु भएका दाङ सिसहनिया ५ निवासी यामलाल पुजाली पार्टी जिल्ला कमिटि सदस्य, जेष्ठ ३० गते रानी पौने १० बजे घरमा बसिरहेको अवस्थामा प्रहरीद्धारा गिरफ्तार गर्नु भएका दाङ लमही न।पा ८ निवासी पूर्ण प्रसाद खनाल पार्टी जिल्ला कमिटी सदस्य ,जेष्ठ ३१ गते विहान १० वजे आफनै घरमा बसिरहेको अवस्थामा प्रहरीद्धारा गिरफ्तार पर्नु भएका त्रिपुर न।पा ७ निवासी भिम बहादुर वि।क पार्टी जिल्ला कमिटी सदस्य, जागिरे कामको सिलसिलामा गाडी काउन्टरमा आउदै गर्दा घोराही बजारबाट गिरफ्तार गर्नु भएका घोराही न।पा। मा डेरा गरी बस्ने ज्वाला खतिवडा पार्टी जिल्ला कमिटी सदस्यलार्इ अहिलेसम्म पनि प्रहरी हिरासतमा राखिएको छ ।

त्यसैगरी असार १ गते विहान ८ वजेतिर खेतमा काम गरिरहेको अवस्थामा प्रहरीद्धारा गिरफ्तार पर्नुभएका सल्यान झिम्पे ८ निवासी लोकपाल के।सी सह जिल्ला सेक्रेटरी, घरमा वसिरहेको अवस्थामा ३० गते विहान ८ वजेतिर प्रहरीद्धारा गिरफ्तार गर्नु भएका प्युठान विजयनगर न।पा। १३ का प्रकाश सुवेदी र पब्लिक बोडिड्ड स्कुल प्यूठानका शिक्षक रोमाराम पोख्रेल, सोही दिन बेलुका छोडी पुन असार २ गते घरबाटै गिरफ्तार पर्नु भएका प्रकाश सुवेदी हाल हिरासतमा अन्यौल ग्रस्त रुपमा मानोवैज्ञानिक यातना खेपिरहनु भएका कमरेडहरुलाई बिना शर्त ससम्मान रिहाई गरियोस ।

अन्यथा सशक्त संघर्षमा अगाडि बढनु पर्ने बाध्यकारी अवस्था सिर्जना हुने कुरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।
आधार
इन्चार्ज
राप्ती ब्यूरो

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger