|
|
घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् । उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो । उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन् ।
विन्दुले भनिन्, “किरिया वस्नका लागि अरू कोही पनि छैनन्, त्यसैले म किरिया बसेकी हुँ ।” अरूलाई खोजेर किरिया गर्नुभन्दा आफू नै बसेको विन्दुले बताइन् ।
प्रेमबहादुरको एक छोरा भए पनि उनको करिब १२ वर्ष पहिले नै मृत्यु भएको थियो । प्रेमबहादुरका दाइभाइका छोराहरु भए पनि नातिनी आफँले हजुरबुबाको किरिया वस्ने भन्दै किरिया बसेकी हुन् । रासस
Post a Comment