Headlines News :
Home » » दाङकि सीताले गरिन् एउटै श्रीमान संग दुईपटक विहे !

दाङकि सीताले गरिन् एउटै श्रीमान संग दुईपटक विहे !

Written By Unknown on Tuesday, June 28, 2016 | 10:03 PM


जनक नेपाली/असार १६, दाङ । घोराही २ पनौराका सूनिल विश्वकर्मा र उहाको श्रीमति सिता जि.सी घरमा पुग्दा निकै खुशी देखिनु हुन्थ्यो ।



घरमा कुनै नयाँ मान्छे पुग्दा होस् या आफन्तनै जादाँ सितालाई पाहुँनाको स्वागत गर्न भ्याई नभ्याई हुन्थ्यो । गाउँमा भैलो खेल्दा खेल्दै चिनजान भएको यो जोडी अहिले विवाह गरेर दाम्पत्य जीवनको सुरुवात गरेको छ । सिता सगं मेरो पहिले नै सामान्य चिनजाज थियो तर उनि संग कहिल्यै बोलिन आफु भन्दा ठुला जातका मान्छे संग बोल्नु हुदैन भन्ने बावु बाजे सिकाएको कारण म चुपचाप बस्थ्ये सुनीलले भन्नुभयो ।

विस्तारै सिता संग सम्बन्ध बढ्दै गयो र माया प्रेम बसेपछि छुट्टिनै नसक्ने भएपछि २०६९ मा भागेर विवाह गर्ने निधो ग¥र्याै । दुबै जना भागेर दाङबाट देउखुरी बाजेका घरमा पुग्यौ ५÷७ दिन बाजेका घरमा बसेपछि फेरी घरमा फर्किएर आयौ । घरमा आमा बा ले चर्चमा गएर विवाह सम्पन्न गरिनुभयो । विवाह भएको चारदिन नपुग्दै सिताको दिदी र फुबु घरमा आउँनुभयो दलित संग किन विवाह गरेको भन्दै कुटपिठ गर्दे लतारेर माईत खोसेर लगेको सिताले भन्नुभयो ।

सुनिल संग छुट्टिने मन नहुदा नहुदै पनि बाध्यताले छुट्टिएर बस्नु प¥यो सिताले भन्नुभयो । मलाई घरमा लगेर आमा,बाले दलित संग विवाह गरेको भन्दै हात्तखुट्टा बाधेर राख्नुभयो ।दुवैजनाका आफन्त प्रहरीमा पुगेर आ आफ्नो छोरा छोरीको प्रहरीले जिम्मा लगाए पछि हामी छुट्टिए बस्यौ । बिस्तारै हाम्रो सबै सम्बन्ध नै टुट्यो सिताले भन्नुभयो । दैवको लिला हो या भाग्यको खेल पाँचबर्ष पछि सुनिल र सिता फेरी भेट भएको छ । फेरी पनि सिताले सुनिल संगै दोश्रो पटक विवाह गर्नुभएको छ ।

कक्षा १२ को परिक्षा दिएर बसेका दुबै जनाले २०७३ असार १ गते भागेर दोश्रो पटक नयाँ वैवाहिक जीवन सुरुवात गरेका छन । सिताको वहिनीको फेसबुक बाट कुराकानी गरेर उनिहरुले विवाह गरेका हुन । दुबै जनाले असार ११ गते सामाजिक परम्परा अनुसार घोराहीको अम्बेकेश्वरी मन्दिरमा पुगेर विवाह गरि दिएको उनका वुवा गणेशबहादुर विश्वकर्माले बताउँनुभयो ।

सबै भन्दा छोरा वुहारीको प्रेम नै ठुलो हो उहाँले भन्नुभयो । अहिले माईतीपक्षमा बाट कुनै त्यस्तो तनाव दिनुभएको छैन विश्वकर्माले भन्नुभयो । दुबै जना मिलेर बसेका छन् त्यसमा छोरा बुहारी र वुढा बुढी खुशी छौ उहाँले भन्नुभयो । जातिय विभेदकै कारण छोराको विवाह सफल नसकेको विश्वकर्माले बताउँनुभयो ।

समाजमा जातिय विभेद चरम रुपमा देखा परेको भन्दै त्यसको अन्त्य गर्नका लागि सम्पुर्ण दलित एक हुन आबश्यकता रहेको उल्लेख गर्नुभयो । सुनिलको आमा जिल्ला भुमि अधिकार मञ्च दाङको अध्यक्ष समेत हनु हुन्छ । इन्द्रेणी अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger