|
|
समितिले पहिलो चरणमा दुई क्यू गाडिहरु संचालन गरेको समितिका अध्यक्ष पवनराज वुढाथोकीले जानकारी दिएका छन् । थाइरेष्ट सिट भएको डिलक्सको भाडा एक हजारएक रहेको छ । यात्रुहरुको मागलाइ मध्य नजर गदै सेवा विस्तार गर्ने समितिले जनाएको छ । हाल दैनिक साझ ५:३० वजे र ६:३० वजे दाङ काडमाण्डौका लागि डिलक्स बस सञ्चालन गरेको समितिका प्रशासनिक सचिव रामबहादुर डाँगीले बताए ।
समितिले शुक्रवार यात्रुहरुलाई टिका तथा सम्मान सहित मिठाइ बाढेर गाडि सञ्चालनको सुभारम्भ गरेको हो । सो असरमा समितिका प्रशासनिक सचिव मिनकुमार श्रेष्ठ, सदस्य धनसिंह केसी र ज्ञान्द्र बहादुर खडकाले यात्रुहरुलाई दोसल्लाह ओढाएर विदाई गरेका थिए । -तुलसीपुर अनलाइनबाट
Post a Comment