|
|
लमही नगरपालिका वडा नं. ८ अर्नहवा निवासी राम बहादुर रावतले गएराती १२ बजे रक्सी खाएर मातेको अवस्थामा घरमा आगो लगाएको रावतकी श्रीमती वसन्ती रावतले जानकारी दिनुभयो ।
नातीनीको भात ख्वाईको दिनमा रावतले आफ्नै घरमा आगो लगाएका हुन् । आगोले घर पूर्ण रुपमा जलेर खरानी भएको छ । आगो लगाउने रावत भागेका छन् ।
प्रहरीमा खवर गरिएको छ । तर, प्रहरी घटनास्थलमा पुगेको छैन् । ईट्टा भट्टामा काम गरेर गुजारा चलाउने रावत परिवारका सात जना विचल्लीमा परेका छन् । घर भित्र रहेका लत्ता, कपडा, भाँडा कुडा सवै जलेको छ ।
Post a Comment