Headlines News :
Home » » दाङवाट ९७ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण

दाङवाट ९७ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण

Written By Unknown on Thursday, June 16, 2016 | 10:48 PM


रेखा मगर/दाङ, ३ असार । यस वर्षको एसएलसी परिक्षामा दाङवाट ९७ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन । ति मध्य अधिकांश परिक्षार्थीहरु सि ग्रेडमा उत्र्तिण भएका छन ।



नियमिततर्फ सवैभन्दा वढि ४० देखि माथि र ५० भन्दा कम २ दशमलव ० जिपिए अर्थात सी ग्रेडमा २ हजार ८९ जना परिक्षार्थीहरु उत्र्तिण भएका हुन । जुन २२ दशमलव ३० प्रतिशत हो ।
जिल्ला शिक्षा कार्यालय दाङका अनुसार सी प्लस मा १ हजार ९ सय २६ अर्थात २० दशमलव ५६, डि प्लसमा १ हजार ७ सय ८४ अर्थात १७ दशमलव ९८ प्रतिशत र डि मा २ सय जना उत्तीण भएका छन ।

यसैगरी ए मा ७ सय ८४ अर्थात ८ दशमलव ३७, ए प्लसमा १ सय ७४ अर्थात १ दशमलव ८५ प्रतिशत, बि प्लसमा १ हजार ३ सय ७१ अर्थात १४ दशमलव ६४ प्रतिशत, बि मा १ हजार ३ सय ३७ अर्थात १४ दशमलव २७ प्रतिशत र इ ग्रेडमा एक जना उत्र्तिण भएका छन ।

डि प्लस र इ ग्रेडमा उत्र्तिण भएका परिक्षार्थीले अव मौका परिक्षा परिक्षा दिनुपर्नेछ । दाङबाट १४ हजार ३ सय ८६ जनाले परिक्षा दिएकोमा २ सय १ जनाले फेरी मौका परिक्षा दिनुपर्ने अवस्था आएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिनुभयो ।

विगत वर्ष जस्तो पास फेल नभएर ग्रेडिङ सिस्टम हुँदा जिल्लाको नतिजा निकाल्नमा केहि समस्या भएको छ । यसैविच, यसवर्ष देखि लागु भएको ग्रेडिङ सिस्टमले विद्यार्थीहरुमा पठन संस्कृतिको विकास हुनुका साथै आत्मल वढेको र नतिजामा पनि राम्रो प्रभाव परेको शिक्षा कार्यालयले जनाएको छ । जिल्लाको उत्कृष्ट विद्यालय र परिक्षार्थीको नाम पनि छिटटै घोषणा गरिनेछ ।

यसैविच, डि र इ मा उत्तीर्ण हुने परिक्षार्थीहरुको मौका परिक्षा आगामी साउन १४ गतेदेखि २१ गतेसम्म हुनेछ । मौका परिक्षामा देशभर नियमिततर्फ एक लाख ८ हजार ३ सय २६ र आंशिकतर्फ ३९ हजार २ सय ५७ जना रहेका छन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger