Headlines News :
Home » » दाङमा एसएलसी प्रथममा दाबी गर्ने बिद्यालयहरु यस्ता छन्, तुलसी उमाविवाट २० जना एप्लसमा उत्तिर्ण

दाङमा एसएलसी प्रथममा दाबी गर्ने बिद्यालयहरु यस्ता छन्, तुलसी उमाविवाट २० जना एप्लसमा उत्तिर्ण

Written By Unknown on Thursday, June 16, 2016 | 11:05 PM


असार ३, दाङ । तुलसी उच्चमावि तुलसीपुरबाट १ सय ६२ जना परिक्षार्थी मध्ये २० जना एप्लस अर्थात ९० प्रतिशत भन्दा माथि अंक प्राप्त गरेर उत्तीर्ण भएका छन् । ए प्लस भनेको अति उत्कृष्ट श्रेणी हो । त्यस्तै ९० जना विद्यार्थी  ८० देखि ९० प्रतिशत नम्वर ल्याएर ए ग्रेडमा उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट ५१ जना विद्यार्थी ७० देखि ८० प्रतिशत नम्वर ल्याएर बी प्लसमा उत्तीर्ण भएका छन् ।



तुलसी उमाविबाट ५० देखि ६० प्रतिशतको बीचमा अंक प्राप्त गरी एकजना विद्यार्थी मात्रै सीप्लमा उत्तीर्ण भएको विद्यालयका प्राचार्य भिष्मबहादुर केसीले जानकारी दिए । तुलसी उच्च माविले उति उत्कृष्ट श्रेणी अर्थात् ए प्लमा २० जना विद्यार्थी उत्तीर्ण गराएको यो पहिलो पटक हो । यो विद्यालयले आठ पटक क्षेत्रीय सिल्ड प्राप्त गरिसकेको छ । सिल्डसंगै प्रत्येक पटक जनही एक÷एक लाख रुपैया“, ध्वजा समेत प्राप्त गरिसकेको छ ।

राप्ती वाल एकेडमीको जिल्ला प्रथमको दाबी
    राप्ती वाल एकेडमी तुलसीपुर– ६ गाईडहरका ३१ जना विद्यार्थीमध्ये तीनजना ए प्लस ग्रेडमा उर्तीण भएका छन् । विद्यालयका छात्र आकाश सापकोटाले ३.८५ ले ग्रेड प्वाइन्ट प्राप्त गरेको विद्यालयले जानकारी दिएको छ । प्रिन्सिपल ठाकुरप्रसाद डा“गीले आकाश सापकोटा जिल्लाकै उत्कृष्ट नम्वर ल्याउन सफल विद्यार्थी बनेको दाबी गरे । सापकोटाले ९६.२५ प्रतिशत ल्याएर जिल्ला प्रथम भएको दाबी गरे । राप्ती बाल एकेडमीबाट ए प्लसमा २४ जना र वि प्लसमा ४ जनाले उत्तीर्ण गरेको प्रिन्सिपल ठाकुर प्रसाद डा“गीले दावी गरेका छन ।

हिमालबाट ५ जना ए प्लस

    हिमाल एकेडमी तुलसीपुरबाट परीक्षा दिएका ७० जना विद्यार्थी मध्ये ए प्लस ग्रेडमा ५ जना, ३४ जना ए ग्रेडमा, २२ जना बी प्लसमा, ८ जना वी ग्रेडमा र एकजना सी प्लमा उत्तीर्ण भएको विद्यालयका शिक्षक शालिक वलीले जानकारी दिए । त्यस्तै पब्लिक ज्ञानज्योति उच्चमावि तुलसीपुर १५ बम्नैबाट ७५ जना मध्ये ए प्लेसमा एकजना उत्तीर्ण भएका छन् । ए ग्रेडमा ३५ जना, बी प्लसमा ३० जना र बी ग्रेडमा नौं जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका शिक्षक बसन्तविवश आचार्यले जानकारी दिए ।

ग्रेट अरनीको उच्चमावि तुलसीपुर

त्यस्तै ग्रेट अरनीको उच्चमावि तुलसीपुर परीक्षा दिएका ३४ जना मध्ये १० जना ए ग्रेड, १८ जना वि प्लस र बा“की छ जना बी ग्रेडबाट उत्तीर्ण भएको विद्यालयका प्राचार्य मानबहादुर बस्नेतले जानकारी दिए ।

    त्यस्तै तुलसीपुर–१९ कटाहा“को न्यू शान्ति बोर्डिङ स्कूलबाट परीक्षा दिएका १९ जना मध्ये दुईजना बी प्लस र अन्य सबै बी ग्रेडमा उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल केशकुमार खड्काले जानकारी दिए ।

माउन्ट भ्यूबाट दुईजनाको दावी
    माउन्ड भ्यू उच्चमावि घोराहीले ८४ जनामध्ये ५ जना एप्लस ग्रेडमा उत्तीर्ण भएका छन् । त्यसमध्ये ३.८५ ग्रेट प्वाइन्ट एभरेज (जीपीए) मा दुईजना विद्यार्थी उत्तीर्ण भएका छन् । सञ्जिव पोख्रेल र सविन पौडेले जिल्लाकै उत्कृष्ट नम्बर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सिर्जन अधिकारीले जानकारी दिए ।

छात्रामा दिपशिखाको उत्कृष्टताको दाबी
दिपशिखा उच्चमाविबाट ७६ परीक्षार्थी मध्ये ४ जना ए प्लस ग्रेड प्राप्त गरेका छन् । जिल्लामै छात्रातर्फ प्रतिष्ठा वलीले ३.८ जीपीए प्राप्त गरी जिल्ला उत्कृष्ट भएको विद्यालयका पिन्सिपल सन्तोष रेग्मीले जानकारी दिए । ४० जना ए ग्रेडमा, एकजना सि प्लस र बा“की सबै बी प्लस ग्रेडमा उत्तीर्ण भएका छन् । जिल्लाका अन्य कुनै पनि विद्यालयहरुले आफ्नो विद्यालयको परिणाम उपलब्ध गराएका छ्रैनन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

+ comments + 1 comments

June 17, 2016 at 1:28 AM

शुभतारा बाेर्डिङ गढवा बाट परीक्षामा सहभागी ८ जनामा २ जना A plus ३ जना A र ३ जना B plus मा उतीर्ण गर्न सफल भएका छन् ।

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger