Headlines News :
Home » » रोल्पा जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा समस्या

रोल्पा जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा समस्या

Written By Unknown on Monday, June 27, 2016 | 5:41 AM


असार १३, रोल्पा । रोल्पा जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पासहित जिल्लाभरका स्वास्थ्य संस्थामा दरबन्दी भन्दा झण्डै आधा मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् ।



जिल्लाभर जम्मा चार डाक्टरसहित दुई सय ७१ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा एक सय ७० मात्र स्वास्थ्यकर्मी कार्यरत छन् । चार जना डाक्टरको दरबन्दी रहेकोमा अहिले तीन जना मात्र कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

सुलिचौर र होलेरीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १÷१ जना डाक्टर हुनुपर्नेमा अहिलेसम्म त्यहाँ डाक्टर पुगेका छैनन् । यसले गर्दा सेवाग्राहीले गुणस्तरीय सेवा पाउन नसकेका हुन् । जिल्लामा ५३ हेल्थ असिस्टेन्टको दरबन्दी रहेको भएपनि अहिले २० जना मात्रै कार्यरत रहेका जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका नायब सुब्बा कमल पराजुलीले जानकारी दिनुभयो ।

यस्तै ६ जना स्टाफ नर्सको दरबन्दी रहेकोमा चार जना मात्र कार्यरत छन् । यस्तै एक सय १० जना अहेबको दरबन्दी रहेकोमा ८१ जना र एक सय चार जना अनमीको दरबन्दी रहेकोमा ६२ जना मात्रै कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गठिन भएको कार्यालयको भनाई छ । स्वास्थ्यकर्मीको पटक पटक हुने सरुवाले पनि सेवा प्रवाहमा समस्या हुने गरेको कार्यालयले बताएको छ । स्रोत: उज्यालो अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger