Headlines News :
Home » » इजरायलमा सिकेको सिप युवाहरुले सल्यानमा भित्र्याए !

इजरायलमा सिकेको सिप युवाहरुले सल्यानमा भित्र्याए !

Written By Unknown on Monday, June 27, 2016 | 10:38 PM


शंकर केसी/असार १४, सल्यान । बैदेशीक रोजगारीको सिलसिललामा इजरायल पुगेका सल्यानी युवाहरु त्यहाँ सिकेको सिप सल्यानमा प्रयोगमा ल्याएका छन् । यहाँका युवाहरुले इजरायली सिप सल्यानमा भित्र्याएपछि पहिलो पटक हाडटेक (इजरायली) प्रविधी अपनाएर सल्यानमा तरकारी खेती शुरु गरिएको छ ।



६० लाख रुपैंयाको लागतमा कोर्बाङ झिम्पे गाउँ विकास समितिको दारीमज्युलामा उक्त प्रविधिबाट गोलभेडा खेती सुरु गरिएको यो नै पहिलो पटक हो । यहाँका उत्साहित युवाहरुले इजरायली प्रविधिवाट खेती सुरु गर्नका लागि आफुले सिकेको सिपबाट टनेल निर्माण गरेपछि त्यो खेती अबलोकन गर्न जानेको संख्या बढ्दै गएको छ ।

जहाँ उनीहरुले वर्षाैसम्म खपत हुने लामो टनेल निर्माण गरि आधुनिक तरकारी खेती सुरु गराएका छन् । र त्यसको अनुसरणगर्नका लागि धेरै लालायित देखिएका छन् । आफ्नो सहकारीको नेतृत्वमा ३८ वटा फलामे टनेलभित्र १२ हजार बढी गोलभेडाका बिरुवा रोपिएको दारिमज्युला सहकारी संस्थाका अध्यक्ष केशबहादुर विष्टले तुलसीपुर अनलाईनलाई बताए ।

बिष्ट नेपाली काँग्रेस सल्यानका निर्वतमान उपसभापति पनि हुन भने गत जिल्ला अधिवेशनका प्रत्यासी पनि थिए । जसले इजरायल गएर आएका स्थानीय युवाहरुको सहयोगमा आधुनिक प्रविधि मार्फत खेती सुरु गरेका छन् । नेता विष्टले सल्यानमा आधुनिक तरकारी खेती मात्रै सुरु गरेका छैनन् हाल उनले २१ रोपनी जग्गामा माछा पालन पनि सुरु गरेका छन् ।

राजनीतिलाई श्रम र विकास संग जोडेमा मात्रै बिकास संभव हुने विश्वास ब्यक्त गरेका नेता विष्ट सल्यानका एउटा स्थापित नेता हुन । जिल्लाका नेताले आधुनिक खेतीपाती सुरु गरेपछि धेरैलाई त्यो उर्जाको स्रोत बनेको छ । ‘कुल ६० लाख रुपैयाँ लगानी रहेको खेतीमा एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको ४८ लाख र बाँकी स्थानीय किसानको लगानी छ’–उनले भने ।

एक पटक टनेल निर्माणममा गरिएको लगानीले वर्षौं सम्म काम गर्ने र विरुवाको गोडमेल पनि धेरै गर्नुनपर्ने भएकोले आफुहरु इजरायली प्रविधि तर्फ आकर्षित भएको अध्यक्ष विष्टले बताए । १५ रोपनी क्षेत्रफलमा शुरु गरिएको व्यवसायिक तरकारी खेतीमा जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरिरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेलले जिल्लामा नयाँ प्रविधिवाट सबै भन्दा ठूलो लगानीमा गरिएको तरकारी खेती भएकोले उनीहरुको प्रात्साहनको लागि सहयोग गरेको बताए । जानकारहरुका अनुसार फलामको टनेलभित्र खेती गरिने हाडटेक प्रविधि अन्र्तरगत भुईमा प्लाष्टिक मल्च राखिएको हुन्छ ।

जसले गर्दा गोडमेलको झण्झट नहुने, किराबाट जोगाउन सजिलो हुने गर्दछ । किनकी त्यहाँ जालीको व्यवस्था गरिएको हुन्छ । यत्तिमात्रै हैन यस्तो टलेनमा छानाबाट तापक्रम यवस्थापन गर्न हरियो म्याट राखिएको छ ।

त्यसैगरी थोपा सिंचाई प्रविधिबाट सिचाईको व्यवस्था गरिएकोले ८ मिनेटमा १२ हजार विरुवालाई एकैपटक सिचाई गर्न सहज हुने भएकाले यो प्रविधि लोकप्रिय प्रविधि मान्न सकिने जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेल बताउँछन् ।

‘सल्यान जिल्लाभर झण्डै २७ सय प्लाष्टिकका टनेलमा खेती भएको छ तर ती सबै बाँस प्रयोग गरिएकाले ५ बर्ष सम्म मात्रै टिक्छन्’ उनले थपे – ‘दारिमज्युलामा फलाम प्रयोग गरेर टनेल बनाइएकाले यो ५० वर्ष सम्म मज्जाले टिक्न सक्छ ।’ लुइटेलका अनुसार किसानले लगाएको १२ हजार गोलभेडाको विरुवाबाट राम्रोसँग उत्पादन गर्न सके वार्षिक झण्डै ५० लाख रुपैयाँ बराबरको गोलभेडा उत्पादन हुने अनुमान गरिएको छ ।

गएको वर्ष ८ सय एक प्लाष्टिक टनेल बनाएर गोलभेडा खेती भएको सल्यानमा यो वर्ष पनि १९ सय भन्दा बढी टनेल निर्माण गरि आधुनीक खेतीको सुरुवात गरिएको छ । यसले सल्यानलाई तरकारीमा आत्मनिर्भर गराउनुका साथै बाहिरी जिल्लामा विक्रि गरेर राम्रो आम्दानी गर्न सक्ने देखिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger