Headlines News :
Home » » मलेसियामा न्युनतम तलव बढ्यो, नेपाली कामदार पनि लाभान्वित हुने

मलेसियामा न्युनतम तलव बढ्यो, नेपाली कामदार पनि लाभान्वित हुने

Written By Unknown on Tuesday, June 28, 2016 | 4:53 AM


असार १४, काठमाडौँ । हजारौ नेपाली काम गर्ने मलेसियामा न्युनतम् पारिश्रमिकमा वृद्धि भएको छ । ३ वर्षपछि तलब बढ्न लागेको हो र उसको प्रत्यक्ष फाइदा नेपालीहरूलार्इ पनि हुनेछ ।



सरकारले ठाउँअनुसार ९२० देखि एकहजार रिंगेटसम्म नयाँ तलबमान तोकेको छ । र,  २०१६ को बजेटमार्फत बढाएको यो तलव शुक्रबारदेखि लागू हुनेछ । यसअघि न्युनतम् तलव ८२० देखि ९ सय रिंगेटसम्म मात्र थियो ।

अब घण्टाको न्युनतम ४.४२ देखि ४.८१ रिंगेटसम्म न्युनतम् तलव दिनुपर्ने गरी नयाँ पारिश्रमिक तोकिएको छ । यो पारिश्रमिक निजीसहित सबै क्षेत्रका मजदुरका हकमा लागू हुने मलेसियाको दि स्टारले जनाएका छन् ।

तर, होटल क्षेत्रमा यसअघि नै यो व्यवस्था लागू भएपनि कार्यान्वयनमा समस्या देखिएको छ । त्यसैकारण नयाँ पारिश्रममिक लागू हुनेमा रोजगारदाताहरुले आशंका जनाएका छन् ।

मलेसियाको रोजगार दाता महांसघले भने अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताएको छ । महासंघका निर्देशक समासुद्धिन बर्दानले नयाँ पारिश्रमिक अनुसार तलब भुक्तानी गर्न वित्तीय समस्या पर्ने बताएका छन् ।

उनले उद्योगी तथा व्यवसायीको लागत र नाफालाई ध्यानमा राखेर मात्रै पारिश्रमिक बढाउनुपर्ने बताए ।  नयाा पारिश्रमिक लागू भएपछि त्यहाँका वैधानिक विदेशी कामदार पनि लाभान्वित हुनेछन् । ठूलो संख्यामा रहेका नेपाली कामदारले पनि यसबाटा फाइदा उठाउन सक्छन् । तर, रोजगारदाताहरु यसको विरुद्धमा उभिएकाले कार्यान्वयनमा भने समस्या पर्ने देखिएको छ । अनलाइनखबरबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger