Headlines News :
Home » » दाङकी अटोरिक्सा चालकले भेटाएको ५० हजारसहित सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरिन् !

दाङकी अटोरिक्सा चालकले भेटाएको ५० हजारसहित सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरिन् !

Written By Unknown on Monday, June 27, 2016 | 4:32 AM


असार १३, दाङ । यहाँकी इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद रु ५० हजार फिर्ता गरेकी छिन् ।

तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गरेकी हुन् ।

आइतबार बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको वीरेन्द्र चोकबाट रजौरा जानका लागि अटोरिक्सा प्रयोग गरेकी थिइन् ।

चालक श्रेष्ठले आज बिहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमका बीच आफूले फेला पारेको नगदसहित गरगहना र महत्वपूर्ण झोलामा रहेका सम्पूर्ण सामान फिर्ता गरेकी हुन् ।

सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेसाप्रति इमान्दार बन्न आग्रह गरिन् । “सामान हराउँदाको पीडा कस्तो हुन्छ मैले अनुभव गरेकी छु । भेटाएँ भन्दैमा कसैको पैसा पनि सित्तैमा खानु पाप हो ।” उनले रिक्सा सफा गर्दै गर्दा फेला पारेको झोलामा नागरिकता, केही लत्ताकपडा, गरगहना र औषधि देखेपछि तत्कालै खबर गरेर रकम फिर्ता गर्न मन लागेको बताइन् ।

उनले इमान्दारिता सबैभन्दा ठूलो मानवीय गुण भएको तर्क गरिन् । यसैबीच आफ्नो नगद रु ५० हजार र गरगहनासहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको ततै फिर्ता गरेकामा आचार्यले उनलाई धन्यवाद दिएकी छन् । रासस

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger