|
|
केन्द्रयि तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय दाङले सार्वजनिक गरेको सर्वेक्षणमा दाङमा मात्रै वार्षिक चार हजार ७ सय ७१ मेट्रिकटन मासु उतपादन हुने गरेको उल्लेख छ । कार्यक्रमका केन्द्रीय तथ्याङ्क विभागका निर्देशक अम्विका वस्यालले नेपाल व्यावसायिक कुखुरा पालन सर्वेक्षणको कार्यपत्र प्रस्तुत गर्दै दाङमा उत्पादन भएको अण्डा र मासुको परिमाणले आत्मनिर्भर तर्फ लैजादै गरेको बताए ।
जिल्लामा आवश्यक पर्ने अण्डा उत्पादन दाङकै ह्याचरीहरुले उत्पादन गर्दै आएको कार्यपत्रमा उल्लेख छ । जिल्लाभरमा एक हजार ५६ वटा फर्महरुबाट वार्षिक रुपमा कुखुरा पालन गरी अण्डा र मासु उत्पादन गरिदै आएको छ । जसमध्ये एक हजार २२ ब्रोईलर कुखुरा फर्म अर्थात ९७ प्रतिशत मासु अण्डा खपत ब्रोईलर कुखुराबाट उत्पाद हुने कार्यपत्र उल्लेख गरिएको थियो । दाङमा वार्षिक रुपमा मासुु र अण्डा उत्पादन र खपत दैनिक बढ्दै गएको कार्यपत्रमा उल्लेख छ ।
वार्षिक रुपमा जिल्लामा कुखुराको मासु बिक्रीबाट मात्रै ८१ करोड, ९६ लाख ९५ हजार पाँचसय ७९ रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिइएको थियो । त्यस्तै अण्डा बिक्री वितरणबाट पनि वार्षिक ४० करोड तीन लाख ७२ हजार कृषकहरुले आम्दानी गर्ने गरेको जानकारी दिइएको छ । वार्षिक रुपमा कुखुरा पालन र कुखुरा आम्दानी वृद्धि हँुदै गईरहेकाले जिल्लाको कुखुराको व्यवासाय पनि फस्टाउँदै गएको निर्देशक वस्यालले बताए ।
जिल्लामा एक हजार ५६ वटा फर्महरुमा २२ लाख ८५ हजार दुईसय ७० कुखुरा व्यावसायिक रुपमा पालन गरिएको तथ्याङ्क कार्यपत्र सार्वजानिक गरिएको छ । जसमा ब्रोईलर २० लाख ६३ हजार २८ वटा, लेयर्स दुईलाख १२ हजार र अन्य जातका ९ हजार पालन गरिएको छ । यसबाट व्यावसायिक रुपमा करिव २५ सय व्यक्तिले प्रत्यक्ष रोजगार पाएका छन् । ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिलाहरु लाभान्वित हुने गरेको छन । rsamacharबाट साभार
Post a Comment