Headlines News :
Home » » काबुलमा तालिवानले दिएको पींडा: अधुरै रह्यो पक्की घरको सपना

काबुलमा तालिवानले दिएको पींडा: अधुरै रह्यो पक्की घरको सपना

Written By Unknown on Thursday, June 23, 2016 | 6:07 AM


असार ९, चितवन । घरका आँगनभरि इँटा, ढुङ्गा, बालुवाको चाङ छ । पिलरका लागि फलामका रड ठडिएका छन् । नयाँ घर बनेपछि रमाइलोसँग सपरिवार बसौँला भनेर सबैले सपना बुन्दै आएका थिए ।

काबुलमा मारिएका कृष्णबहादुरको निर्माणाधीन घर । तस्बिर: रासस
तर एकाएक सोमबारको त्यो खबरले परिवारको खुसी चुँडियो । कृष्णबहादुर ढुङ्गानाको सबै सपना चकनाचुर भए । पक्की घर बनाएर सुखसँग बस्ने सपना अधुरै रह्यो ।

अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादीद्वारा गराइएको आत्मघाती बम विस्फोटमा अन्य ११ नेपालीसँगै चितवन खैरहनीका कृष्णबहादुरको निधन भएपछि ती सबै सपना अधुरा भएका हुन् ।

अहिले एकतले घरमा बसेका सामान्य परिवारका मृतक ढुङ्गाना उत्तरकुमारका माइला छोरा हुन् । मृतक कृष्णबहादुरका साढे ३ वर्षका छोरा कृपन र झन्डै ५ वर्षकी छोरी कृष्मा छिन् । छोरा नर्सरीमा पढ्दै छ भने छोरी युकेजीमा । उनीहरुको भविष्यमा समेत धब्बा लागेको छ ।

क्यानाडेली दूताबासमा सुरक्षा गार्डका रुपमा काम गर्ने ढुङ्गाना बिदाको अवसरमा नयाँ घर बनाउन नक्सा पास र चारकिल्ला प्रमाणित गरेर सबै काम पूरा गरी फर्केका थिए ।

अहिले घरमा जग बसेर पिलर ठडिएको छ । बम हमलासँगै उनको विदेशी भूमिमा बसेर कमाएको पैसाले सुन्दर घर बनाउने सपना सदाका लागि अन्त्य भएको आमा बिन्दाले बताइन् ।

गएको शनिबार मात्रै टेलिफोनमा आमा बिन्दासँग कुरा भएको थियो । 'घर बनाएको ठाउँमा राम्रोसँग हेर्नू, ठेकेदारले कमसल सामान हाल्छ, भन्थ्यो, आइतबार बुहारीसँग कुरा भएको थियो,' आमा बिन्दाले भक्कानिँदै भनिन्, 'सोमबार यस्तो सुन्नुपर्यो ।'

यसअघि उनी २०६४ सालमा दुबई गएर चार वर्ष बसेर आएका थिए । विसं २०६८ मा घर आएर बिहेवारी गरे । विसं २०६९ मा भारत हुँदै विगत चार वर्षदेखि अफगानिस्तानमा थिए । छिमेकीका अनुसार कृष्णबहादुर सलक्क परेका र हलक्क बढेका थिए ।

'अति मिलनसार कसैलाई नघोच्ने सोझो मनका मान्छे,' विगत सम्झँदै छिमेकी राधा पोखरेलले भनिन्', ;दैवले पनि यस्तै मान्छेलाई चुँडेर लाँदो रैछ ।'
विसं २०६९ मा सेनामा जागिर खाएर दुई वर्ष बसे । नेपाली सेनामा जागिर खाएर द्वन्द्वकालका कारण छाडेका उनी सङ्घर्ष गर्दै भविष्य खोज्न अफगानिस्तान पुगेका थिए ।

घरबाट गएको २३औँ दिन उनको आत्मघाती हमलामा ज्यान गएको थियो । वैशाख २२ गते अफगानिस्तानबाट आएका उनी २४ दिन बसेर गएको जेठ १५ गते शनिबार घरबाट अफगानिस्तानका लागि हिँडेका थिए ।

यसैबीच, आत्मघाती बम विस्फोटमा श्रीमान् कृष्णबहादुरको मृत्युपछि बेहोस भएकी चितवनको खैरहनीस्थित बहेरी गाउँकी बिधवा भगवतीलाई स्लाइन पानी चढाइएको छ ।
मृत्युको खबर पाएपछि अर्धचेत भएकी भगवतीको बुधबार साँझदेखि अवस्था झन् कमजोर भएपछि स्लाइन चढाइएको हो ।

भगवतीमा रक्तचापको समस्या नरहेको बताउँदै अहेब इन्दिरा छत्कुलीले केही नखाएकाले नातागत भएर जलवियोजन भएको जानकारी दिएकी छन् ।
यही सोमबार तालिवान आतङ्कवादीको बम हमलामा ३३ वर्षीय ढुङ्गानासहित १२ नेपालीको ज्यान गएको थियो । रासस, अन्नपुर्ण अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger