|
|
मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
घटना भएको २१ दिन सम्मको लामो अनुसन्धान पछि प्रहरीले बिभिन्न प्रमाणका साथ मनिषाको हत्या आशिषले नै गरेको पुष्टि गरेको हो । घटनास्थलमा भेटिएका प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेपछि आशिषविरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको छ ।
प्रमाणहरु अदालतमा पेश गरीने
नवलपरासी प्रहरीले दिएको जानकारी अनुसार मनिषाको घाँटीमा लागेको पासो, घटनास्थलमा फेला परेको सिसाका टुक्रा मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने भएको छ ।
अन्तिम कल ८:३२ मा भएको थियो
प्रहरीले अनुसन्धानको क्रममा मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेज मार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको देखिएको थियो ।
पोलिग्राफले पनि पत्ता लगाउन सकेन
मनिषाका प्रेमी आशिषको पोलिग्राफ मार्फत उनले सहित बोलेको हो या गलत बोलेको हो भन्ने पत्ता लगाउने कोशिस गरीयो तर आशिषलाई , तिमीले मनिषाको हत्या गरेको हो भन्ने प्रश्नमा होइन भनेका थिए र पोलिग्राफले पनि उनकै कुरालाई सत्य भनेको थियो । साझासबालबाट
Post a Comment