Headlines News :
Home » » रोल्पामा उजुरी दिने म्याद सकिनै लाग्दा उजुरी दिने पीडितहरुको भिड

रोल्पामा उजुरी दिने म्याद सकिनै लाग्दा उजुरी दिने पीडितहरुको भिड

Written By Unknown on Thursday, June 9, 2016 | 1:20 AM


माधवकुमार ओली, रोल्पा २७-जेठ । सशस्त्र द्वन्द्वको उद्गम जिल्ला रोल्पामा सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पीडितहरुले धमाधम उजुरी दिन थालेका छन् । गत बैशाख पहिलो हप्ताबाट आयोगले उजुरी लिन सुरु गरेको थियो ।



उजुरी दिने म्याद सकिनै लाग्दा रोल्पामा पीडितहरुले धमाधम उजुरी दिइरहेका छन् । उजुरी माग गरिएको एक महिनासम्म थोरै मात्र उजुरी परेको भएता पनि अहिले भने दैनिक ७० देखी ९० वटा उजुरी आउने गरेको स्थानीय शान्ति समिति रोल्पाका कार्यालय सचिव गणेश विष्टले जानकारी दिए ।

आयोग प्रति पछिल्लो समय पीडितहरुमा आशा देखिएपछि यो क्रम अन्तिममा बढ्दै गएको हो । हालसम्म रोल्पा जिल्लामा १ हजार ८२ वटा सत्य निरुपन र ६५ वटा बेपत्ता छानबिनका लागि उजुरी परेको छ । दुर्गम गाउँबाट सदरमुकाम सम्म आउनको लागि समय लाग्ने भएकाले पनि केही पीडितहरु आउन नसकेको पीडितहरुको भनाई रहेको छ ।

उजुरी दिने बारेमा गाउँ गाउँमा सूचना ढिलो मात्र पुगेको र छोटो समय भएकाले उजुरी दिने समय थप गर्नुपर्ने थबाङका द्वन्द्व पीडित रमेश शाहले बताए । आयोगले केही समय म्याद थप गरी व्यापक प्रचार प्रसार गरे मात्र धेरै पीडितहरुको उजुरी आउने उनको भनाई छ । तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger