|
|
बन्दका कारण यातायात, बजार, उद्योग, कलकारखाना ठप्प छन् । बन्द कर्ता जिल्लाका मुख्य बजारहरुको चोक चोकमा तैनाथ छन् । प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएको छ । नेपाल बन्द विहान ५ बजेदेखि साँझ ६ बजे सम्म कायम रहने सो पार्टीका जिल्ला सक्रेटरी सितलले फोनमा त्यस्तो जानकारी दिए । देश भरवाट झुट्टा मुद्दा लगाएर पक्राउ गरिएका आफ्ना नेता कार्यकर्ताको विना सर्त रिहाईको लागि राज्यलाई दवाव सृजना गर्न नेपाल बन्द गरिएको सितलले बताए ।
नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता अप्ठेरोमा परेकोले त्यसको रक्षाको लागि समेत आफ्नो पार्टीले एक दिनका लागि नेपाल बन्द आह्वान गरेको जिल्ला सेक्रेटरी सितलले बताए । यसैविच देउखुरी सहकर्मी दशरथ घिमिरेका अनुसार वन्दकर्ताहरु राजमार्गमा नदेखिएपनि राजमार्गमा यातायातका साधन भने सञ्चालनमा आउन सकेका छैनन् ।
यातायातका साधन सञ्चालनमा आउन नसक्दा बाहीरी जिल्लावाट आएका यात्रु दाङको लमही र भालुवाङ क्षेत्रमा अलपत्र परेका छन् । देउखुरीका मुख्य बजार लमही, भालुवाङ्ग, गढवा, सिसहनिया खुलेका छैनन् । राजमार्गमा एम्वुलेन्स, प्रेसका गाडी वाहेक अन्य सवारी साधन चलेका छैनन् । नेपाल बन्दका कारण सर्वधारण नागरिकले भने सास्ति भोग्नु परेको छ । उनीहरु गन्तब्यतर्फ जान सकेका छैनन् ।
Post a Comment