Headlines News :
Home » » दाङ यातायात प्रालिका सबै वसहरु राप्ती समिति प्रवेश गरेपछि प्रालि नै खारेज

दाङ यातायात प्रालिका सबै वसहरु राप्ती समिति प्रवेश गरेपछि प्रालि नै खारेज

Written By Unknown on Tuesday, June 7, 2016 | 2:03 AM


तुलसीपुर, २५-जेठ । सञ्चालनको छोटो अवधिमै अप्ठेरो स्थिति सृजना भएपछि दाङ यातायात सेवा प्रालिले आफ्ना सबै वसहरु राप्ती अञ्चल सार्वजनिक यातायात समितिमा प्रवेश गराएको छ । उसले वसहरु मात्रै राप्ती समितिमा प्रवेश गराएको छैन प्रालि नै बैद्यानिक रुपमा खारेज गरेको छ ।

यही जेठ २० गते दाङ प्रालिका सातवटा वसहरु राप्ती समितिमा भित्रिएका हुन । जो कुरा विघठित दाङ यतायात प्रालिका पूर्व अध्यक्ष पिताम्वर कँडेलले पनि स्वीकार गरेका थिए । त्यसपछि समिति नै कोल्याप्स भएको पनि उनले स्वीकार गरेका थिए ।

प्रालिका बा ३ ख ९६२१,
बा ३ ख ९६२२,
ना ६ ख ५३९,
ना ६ ख ५४०,
ना ६ ख ५४१,
ना ६ ख ५४२ र
ना ६ ख ५४३ नम्वरका वसहरु राप्ती समितिमा प्रवेश पछि राप्ती समितिकै नामवाट सञ्ञचालनमा आइसकेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका सहसचिव शिवहरी गौतमले जानकारी दिए । तर राप्ती समितिले प्रालिका दुईवटा पुराना वसहरु भने प्रवेश नदिएको सहसचिव गौतमले बताए ।


राप्ती समितिले प्रवेश नदिएका प्रालिका ती दुई वटा पुराना वसहरु हाल त्यतिकै पार्र्किङगरी राखिएका छन् । ०७२ साल फागुन ११ देखि दाङ काठमान्डौंमा सेवा सुरु गरको प्रालिले त्यसको एक सय दिन नबिप्दै प्रालिका वसहरु राप्ती समितिमा प्रवेश गराएको हो ।

त्यसलगतै उसले प्रालि नै खारेज गरेको थियो । यो विचमा पहिलो पटक जिल्लामा प्रालि स्थापना गरि पुस १८ गते देखि सेवा सुरु गरेको मालिका –कालिका प्रालिका दुई वटा वसहरु राप्ती समितिमा प्रवेश गरिसकेका छन् । सहसचिव गौतमका अनुसार मालिका कालिका प्रालिबाट ना ६ ख ९२४ र ना ६ ख १६६३ नम्वरका वसहरु राप्ती समितिमा प्रवेश गरेर सञ्चालन हुँदै आएका छन् ।

प्रालिको वसहरुको रुट प्रमिट छैन : राप्ती समितिका सहसचिव गौतम
सोमवार मालिका -कालिका प्रालिका वसहरु मार्फत काठमान्डौं जानखोजेका यात्रुहरु काठमान्डौं जान सकेनन् । कारण थियो , प्रालिका बसहरुको सञ्चालनको लागि रुट प्रमिट नभएकोले स्थानीय प्रशासनले नै प्रालिका गाडीहरु सञ्चालनमा रोक लगाउनु ।

यातायात व्यवस्था विभागले मिति २०७३ बैशाख २६ गते आफना मातहतमा रहेका सबै यातायात प्रदायक संस्थाहरुलाई एक निर्देशन जारीगर्दै त्यो कार्यान्वयमा कडाई गरेको थियो । उक्त निर्देशनको बुँदा नं. ७ मा कम्पनीको नाममा रुट इजाजत लिई सेवा सञ्चालनगर्ने भन्ने शब्दावली उल्लेख छ । तर मालिका कालिका प्रालिले प्रालिको नाममा नभई सवारी धनीकै नामवाट रुट ईजाजत पत्रलिई गाडी सञ्चालन गर्दै आएको हुँदा हाल आएर समस्या उत्पन्न भएको राप्ती समितिका सहसचिव शिवहरी गौतमले जानकारी दिए ।

विभागको निर्देशन अनुसार प्रालि वा सहकारीमा दर्ता भएका कम्पनीहरुका नाममा सवारी साधन दर्ता भएको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तर प्रालिमा दर्ता भएका गाडिहरुको स्वामित्व बैंकको नाममा भई ऋणी प्रालि हुनुपर्नेमा ऋणी प्रालि नभइ व्यक्ति भएकोले रुट प्रमिटमा समस्या उत्पन्न भएको राप्ती समितिका पदाधिकारीहरु बताउँछन् ।

प्रालि बन्द गराउने षडेन्त्र सुरु भयो –अध्यक्ष पोख्रेल
मालिका-कालिका यातायात प्रालिका अध्यक्ष समुन पोख्रेलले आफुहरु संग बसहरु सञ्चालनको रुट प्रमिट भएको बताएका छन् । रुट प्रमिट नभएको भए हालसम्म आफना गाडीहरु चल्न नै नपाउने उनले बताए । तर उनले रुट प्रमिट वागमती अञ्चलवाट जारी गरी राप्ती अञ्चलमा सहमति ल्याइएको जानकारी दिए ।



अध्यक्ष पोख्रेलले राप्ती अञ्चल यातायात व्यवस्था कार्यालयले नयाँ नयाँ नियम ल्याएर आफुहरुलाई दुःख दिएर गलाउनले प्रयास गरिरहेको आरोप लगाए । आफुहरु हतोत्तसाहित नहुने बरु अबको ९ दिनपछि थप २५ वटा नयाँ वसहरु भित्र्याउन लागेको अध्यक्ष पोख्रेलले जानकारी दिए । मालिका-कालिका प्रालिलाई बन्द गराउने षडेन्त्रहरु सुरु भएको दाबी गरेका उनले त्यसको लागि ठूलो आर्थिक चलखेल भएको आशंका व्यक्त गरे ।

‘यातायात व्यवस्था विभाग, स्थानीय प्रशासन र ट्राफिकको पारा हेर्दा मान्छेले विरालो जन्माउनुपर्छ भन्ने खाले छ ’ अध्यक्ष पोख्रेलले थपे ‘दुई अढाई सयजनाको हुलहुल्लज ल्याएर गाडीको कागजपत्र हेर्ने र घेर्ने काम राप्ती समितिको हैन त्यो ट्राफिकले गरोस ।’ कहिले बैंक जाउ , कहिले मालपोत जाउ र कहिले के अनि कहिले के भनेर जसरी दुःख दिन खोजिएको त्यसका पछाडी ठूलो आर्थिक चलखेल रहेको उनले पटक पटक दोह-याएका थिए ।

यातायात व्यवस्था विभागको बुँदा नं. ७ को नयाँ नियमले पहिला गाडी साहु र प्रालिका विचमा करार हुनुपर्ने भन्ने व्यस्था भएपनि पछि साहु र बैंकका विचको करार नामा खोजियो र त्यसपछि हाल आएर मालपोत कार्यालयवाट प्रमाणित गर्नुपर्छ भन्ने नियम ल्याउनुले त्यही आशंका पैदा गरेको अध्यक्ष पोख्रेलले बताए । यातायात विभागले असम्वन्धित र मिल्दै नमिल्ने काम गराउन खोज्नुका पछाडी ठूलै रहस्य रहेको उनले आशंका व्यक्त गरे । स्रोत: तुलसीपुर अनलाईन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger