Headlines News :
Home » » सल्यानमा यातायात व्यवसायीले मनपरी भाडा असुलेको भन्दै यात्रु आक्रोशित

सल्यानमा यातायात व्यवसायीले मनपरी भाडा असुलेको भन्दै यात्रु आक्रोशित

Written By Unknown on Tuesday, June 7, 2016 | 2:33 AM


दिपक शर्मा/जेठ २५, सल्यान । सल्यानको सल्लीवजार चौहरजारी सडक खण्डमा चल्ने यातायातका साधनले चर्को भाडादर असुल्ने गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।



सरकारले निर्धारण गरेको भन्दा झन्डै तीनगुणाका दरले उक्त सडकखण्डमा चल्ने यातायात व्यवसायीहरुले भाडा असुल्ने गरेका स्थानीयको भनाई छ ।  सल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी सम्म ४१ किलोमिटरको सडकमा ५ सय भाडा तिर्नु पर्ने बाध्यता रहेको देवस्थलका देव बहादुर रानाले जानकारी दिए ।

‘कहि नभएको भाडा यो बाटोमा चल्ने गाडिहरुले लिने गर्दछन् ’,उनले भने, ‘ काम परेपछि जानै प¥यो यातायात व्यवासायीहरुले उठ्न नसक्नेगरी मारमा पारी रहेका छन् ।’
चर्को भाडा, कच्ची बाटो त्यसमा पनि गाडिमा तलमाथि मान्छे कोचेर राख्ने गरेको अर्का स्थानीय मर्म परिकाँडाका चन्द्र बहादुर रानाले बताए ।

एउटा गाडिमा कम्तिमा पनि ७० देखि ८० जनासम्म हुने गरेको उनको भनाई छ । चौहरजारी यातायात, वागेश्वरी, मध्यपश्चिम, भेरी र भेरी राप्ती बस व्यवसायीको सिण्डीकेटका कारण थप समस्या भएको स्थानीयहरुको भनाई रहेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger