Headlines News :
Home » » अटोरिक्सा उछिन्दै घोराहीमा

अटोरिक्सा उछिन्दै घोराहीमा

Written By Unknown on Thursday, June 30, 2016 | 11:56 PM


गोविन्द खड्का,दाङ । एक बर्ष अघि अटो रिक्सा भित्रीदा सुविधाको सास फेरेका यात्रुले टेम्पो चल्न थालेपछि कारको महशुस गरेका छन् । भ्यागुता जस्ता लाग्ने कारमा हुईकिदा दंग परेर बाहीरी दृश्य नियाली रहेका हुन्छन् ।


 उपड खापडको घोराहीको भुगोलमा पुराना रिक्सालाई परेसान् थियो । यात्रुहरुले धकेलेर उल्टो रिकसा बोके सरह हुन्थ्यो । त्यसलाई उछिन्दै अटो रिस्कसा आयो । बिस्तारै पुराना पैदलमार्ने रिक्सा देखिन छोडे ।

अटो रिक्सा पनि थाकेको भैसी खुड्कीलो चढ्न चुवु टेकाएर ठ्याँस ठयाँस् कन्द्राए जस्तै ट्यार ट्यार गर्न थाले । तिनलाई धकेल्नु नपरेपनि गौडामा वर्लीनु अनिवार्य थियो । भरतपुरमा रहेको होटल बेचेर गंगा बहादुर वलीले टेम्पो किन्नुभयो । वलीका अनुसार परिवारै दलिएर होटलमा काम गर्दा पनि उत्ती कमाई हुन्थ्यो । जती अहिले एक्लै टेम्पो कुदाउदा लाभ लिएका छन् ।

रकमको हिसाव किताव ठ्याक्कै यति भन्न नसकेपनि फाइदा परीवारले सुख पाएको छ । कमाई रिक्सा र अटो रिक्साले पनि गर्थे तर धेरै मेहनत लाग्थ्यो पसीना बगाउथे । यसरी टेम्पो चलाउनेहरु अहिले दाङमा ३० बढि पुगेका छन् । तिनलाई व्यवस्थित गर्न प्रालिको संरचनामा जान लागेको बताईएको छ । श्री बराहक्षेत्र टेम्पो यातायात सेवा प्रालि नाममा दर्ता गरीएको सह–सचिव उमेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चढ्दा खेरी यात्रुले सुविधा युक्त कारको अनुभव गर्छन् । छिटो छरीतो भएको ठान्छन् । त्यसैले खुशि हुन्छन् ।

चालकहरुले संगालेको अनुभवका अनुसार आबश्यकता अनुसार कुदाउन सकिन्छ । उकालो वरालोमा खास्सै असर पर्दैन । कच्ची पक्कि सडक भनेर थोरै फरक भएपनि चलाउनै अफ्ठेरो पार्दैन ।

त्यसैले पनि चालकहरु उत्साहित भएका छन् । सवार यात्रुहरुले पनि थोरै जना लामो सफर गर्दा खुशि हुन्छन् । पैदल रिक्सा, अटो रिक्सा लगाएत अन्य साना सवारी साधन भन्दा कम भाडादर भएको टेम्पो चालकले दावि गरेका छन् ।

त्यसैले पनि आकर्षण बढेको बताए । बजार बाहिरका बस्तिमा नियमित टेम्पो लगाउने रुट प्रमिट दिने तयारी गरीएको जानकारी दिए । त्यसो गरेमा घोराही नजीकका गाउहरुलाई सहुलियतमा बजार संग जोडिने छ।

चालकहरु दिएको जानकारी अनुसार टेम्पोको १० लिटर क्षमताको टंकि हुन्छ । नपुगेपछि जहा पेट्रोल पाईन्छ हाल्न सकिन्छ । जति सकिदो कुदाउन सकिन्छ । लुम्बिनी, सल्यानको थारमारे सम्म पनि टेम्पो पुगेको जानकारी दिए ।

साना गल्लीमा पनि अटाउन सकिने भएकाले बजारका सबै क्षेत्रमा उपयोगी छ । सबै किसिमका बाटामा कुदाउन सकिने भएकाले पनि टेम्पो आकर्षक बनेको चालहहरुको भनाई छ । एम्वुलेन्स छिर्न नसक्नेमा टेम्पो लैजान सकिन्छ । त्यसैले एम्बुलेन्सको गतिमा चल्ने सानो ठाउमा छिर्नाले अझ उपयोगी टेम्पो देखिएको छ ।

सरकारले तोकेको युरो मापदण्डको टेम्पो भएकाले धुवा तथा ध्वनी पद्रदुशन नभएका ऊँ नि ईन्टरप्राईजेज घोराहीका सञ्चालक प्रभात भञ्डारीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार गत माघ एक गते दाङमा टेम्पो भित्रिएको हो । अहिले तिस वटा बढि विक्री भएका छन् । चालकलाई लाईसेन्स ब्लुवुक चाहिन्छ ।

ईन्स्योरेन्सको सुविधा छ । चालक सहित चार जना चढ्न मिल्ने क्षमताको छ । पाँच लाख ३७ हजार बिमा सहित रकमको मुल्य लाग्छ । स्पिड धेरै भएको, उकालो वरालाको असर नदेखिने भएकाले कमाउन कठिन छैन ।

‘यसले विदेश जान थालेका धेरैलाई रोकेको छ’ ईन्टरप्राईजेजका सञ्चालक भण्डारीले भन्नुभयो, ‘तुलसीपुर लमहि सबैतिर फैलिने क्रममा छ । धेरैले रोजगारी पाउँछन् ।’ उहाका अनुसार यसले बजारमा सात कवीन्टल सम्म भारी वसार्न सक्ने क्षमता राख्छ ।

दैनिक तिन चारहजार सम्म कमाई दिनेगरेको छ । ईटालियन ब्राण्डको टेम्पो हो । बातावरण मैत्री छ । अब चाडै लोडर ल्याउन लागेको भण्डारीले जानकारी दिनुभयो । टेम्पो चढ्ने यात्रु र चलाउने चालक दुबै खुशि दिने गरेको छ । गल्ली गल्लीका सबैतिर टेम्पो कुदिरहेको दृश्य देख्न सकिन्छ । फल्याशखबरबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger