Headlines News :
Home » » रुकुममा चालु आर्थीक वर्षको अहिले सम्म ७७ ओटा घरमा आगलागी

रुकुममा चालु आर्थीक वर्षको अहिले सम्म ७७ ओटा घरमा आगलागी

Written By Unknown on Tuesday, June 14, 2016 | 8:18 PM


गणेश सिर्पाली/असार १, रुकुम । रुकुममा चालु आर्थीक वर्षको अहिले सम्म ७७ ओटा घरमा आगलागी भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमले दिएको जानकारी अनुशार ७७ घरमा आगलागी भएकामा ६८ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् । ४ घर विचाराधिन अवस्थामा रहेका छन् भने ५ ओटा घरमा आंशीक क्षति पुगेको छ ।



आगलागीबाट पुर्ण रुपमा क्षेति पुगेका ६८ घर परिवारलाई २६ गेजका २ बण्डल जस्ता पाता वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वंशी कुमार आचार्यले जानकारी दिनुभयो । आगलागी पिडितहरुलाई गाविस मार्फत गाउँमै जस्तापाता वितरण गरिएको जिल्ला स्थित पत्रकारहरुको भेटघाटका क्रममा उहाँले बताउनुभयो ।

भेटघाटमा प्रमुख जिल्ला अधिकारी आचार्यले हरेक कार्यालयमा राखिएका नागरिक वडापत्रलाई आवाजको रुपमा प्रयोग गर्ने अभ्यास थाल्न लागिएको जानकारी दिनुभयो । सबै सेवाग्राहीले पढ्न नजान्ने भएकाले सबैले बुझ्ने गरी आवाज रेकर्ड गरेर सुन्ने व्यवस्थाको सुरुवात गर्न थालिएको उहाँको भनाई छ ।

उहाँका अनुशार रुकुममा नेपाली र मगर खाम भाषामा आवाज प्रयोग गरिने छ । सुरुमा जिल्ला प्रशासन कार्यालयबाट यसको प्रयोग थालिने र क्रमशः अन्य सबै सरकारी कार्यालयहरुमा यस्तो सेवा विस्तार गरिने आचार्यले बताउनुभयो । यस्तै जिल्लाको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न ठाउँमा प्रहरी चौकी स्थापना र स्थानान्तरणको काम पनि भैरहेको जानकारी गराईएको छ ।

अहिले नयाँ प्रहरी चौकी स्थापना र स्थानान्तरण गर्नुपर्ने ठाउँको पहिचान गर्न बनेको कार्यदलले काम गरिरहेको र कार्यदलले असार १० गतेसम्म प्रतिबेदन बुझाएपछि प्रतिवेदनका आधारमा काम सुरु हुने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ । कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षा, विकास निर्माण, विभिन्न कार्यालयबाट हुने सेवा प्रवाहको अनुगमण लगाएतमा विषयमा ध्यान दिन जोड दिएका थिए ।

प्रशासनबाट भए गरेका कामको बारेमा जानकारी गराउने र सुझाव संकलन गर्ने उदेश्यले अव हरेक महिनाको अन्तिम दिन पत्रकार भेटघाट कार्यक्रम गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger