Headlines News :
Home » » दाङमा वर्षायाममा थालिएका पुल निर्माणको काम, सास्ती मात्रैको

दाङमा वर्षायाममा थालिएका पुल निर्माणको काम, सास्ती मात्रैको

Written By Unknown on Tuesday, June 14, 2016 | 6:51 AM


रेखा मगर/जेठ ३२, दाङ । घोराही नगरपालिका ३ वर्गद्धीका यमवहादुर वली दैनिक घोराही आउने जाने गर्नुहुन्छ । कामको शिलशिलामा घोराही र वर्गद्धी ओहोदोहोर गर्नुपर्ने वलीलाइ कटुवाखोलामा निकै सास्ती खेप्नुपरिरहेको छ ।



मोटरसाइकलमा हिड्दा कटुवाखोलामा देखिने गाडीको जाम, धुलाम्य र हिलाम्य वाटोले समस्या भएको छ । वर्षायाममा कटुवाखोलामा विगत वर्षमा जत्तिको आवतजावतमा समस्या हुन्थ्यो अहिले त्यो भन्दा वढि समस्या भइरहेको छ उहाँलाइ ।

यो समस्या ओलीलाइ मात्र होइन, धेरै नागरिक र सवारी चाकलहरुले विगत वर्षमा भन्दा पनि झन वढि सास्ती खेप्नु परिरहेको छ । चालु आर्थिक वर्ष सकिनै लागेको छ । अव वर्षा सुरु भइसकेको छ । खोलाहरुमा वाढी आउन सक्ने स्थिती छ तर घोराहीको कटुवाखोला लगाएत अन्य खोलाहरुमा निर्माण थालिएको पुलका कारण नत सहज रुपले गाडीहरु वारपार गर्न सकिरहेका छन न त भरपर्दौ विकल्प नै छ ।

कटुवाखोलामा निर्माणाधिन पुलको लागत साढे ४ करोड रहेको छ । आगामी असोज महिनामा निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि कामले ति लिन नसकेका गुनासाहरु सुनिन्छन । घोराही, लमही तुलसीपुर सडकखण्डका खोलाहरुमा यतिवेला पुल निर्माण भन्दै कहिँ पिलर उठाउने काम भइरहेको छ त कहि पुरानो वाटोको संरचना भत्काउने काम भइरहेको छ ।

जस्ले गर्दा सवारी चालक र सर्वसाधारणलाइ समस्यामा पारेको छ । यति मात्र होइन आर्थिक वर्ष सकिनै लाग्दा थालिएका पुल निर्माण वजेट पनि फ्रिज हुने अवस्था देखिएको छ । जुनसुकै वेला आउन सक्ने वाढीले सवारी साधन, यात्रुहरुलाइ विगत वर्षमा भन्दा झन वढि समस्या पैदा गर्ने अवस्था देखिन्छ ।दाङका खोलाहरुमा निर्माण भइरहेका पुलहरु अव तिज वर्षपछि पुरा हुने वताउनुहुनछ सडक डिभिजन कार्यालय घोराहीका प्रमुख ज्ञानेन्द्र कुमार झा ।

विगत वर्षमा दाङको घोराही तुल्सीपुर सडक खण्ड र घोराही लमही सडक वाढिले केहि यातायातका साधनहरु बगेका थिए भने वारपारमा समस्या हुँदै आएकोमा यो वर्ष पुरा पनि समाधान हुने स्थिती छैन ।

दाङमा पानी मुनिको पुलका कारण वाढि आएको वेला आपत्कालीन सेवाका एम्वुलेन्सहरु पनि घण्टौं रोकिदै आएका छन भने मोटरसाईकलको यात्रा कष्टकर छँदैछ । यो वर्षपनि विगत वर्षको समस्यामा पार लाउन सक्ने अवस्था छैन । दाङका सडकमा अव पुलमाथि गाडी कुद्न ३ वर्ष कुनुपर्ने स्थिती देखन्छ ।

दाङमा विभिन्न खोलामा गरी एक दर्जनको हारहारीमा पुल वन्ने क्रममा रहेको सडक डिजिभन कार्यालय जानकारी दिएको छ । हालसालै ८ वटा पुल निर्माणाधिन छन भने गत वर्ष ४ वटा पुल निर्माणकै चरणमा छन । यस वर्ष तुलसीपुर पुरन्धाराको भमके खोला र देउखुरीको सिसहयिनामा पिपरी खोला निर्माणको अन्तिम चरणमा छन ।

दाङका पुलहरु पौे २ करोड देखि लिएर १७ करोेडसम्म सम्मका रहेका छन । अव वर्षेनी दोहोरिदै आएको समस्यावाट छुटकारा पाउन निर्माण कम्पनी, सरोकारवाा निकाय र नागरि स्तरवाट पहलकदमी आवश्यक छ । होइन भने विकाले गति नलिदा पानी मुनिकै पुलमा ओहोर दोहोर गर्नुपर्ने स्थिती नै कायम नरहला भन्न सकिन्न ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger